शनिबार, मंसिर २८, २०७६
    कला-सौन्दर्य

    सलमान खानले सुटिङ सेटमा किन लगाए माेबाइलमाथि प्रतिवन्ध ?

    बिहिवार, २३ श्रावन २०७६, आहाखबर

    मुम्बई, २३ साउन । 

    फिल्म दबंग ३ को सुटिङमा ब्यस्त रहेका बलिउड स्टार सलमान खानले सुटिङ सेटमा माेबाइलमाथि प्रतिवन्ध लगाएका छन् । फिल्ममा उनको लूकलाई गोप्य राख्न सलमान खानले सुटिङ यूनिट पुरैलाई मोबाइल फोनको प्रयोग गर्न प्रतिबन्ध गरेका हुन् । जसकारण कतै उनको लुक बाहिर सार्वजनिक हुन सक्ने सलमानलाई चिन्ता पनि रहेको छ ।

    यस फिल्ममा उनिसँग साई मान्जेकरले रोमान्स गर्नेछिन् । उनको यो फिल्म डेब्यु फिल्म हुनेछ । जसकारण सलमानले सुटिङ पूरा नहुँदासम्म उनले साई मान्जेकरलाई सार्वजनिक गर्न चाहँदैनन् । उनले साईलाई समेत मिडियामा र पब्लिकमा नजान आग्रह गरेका छन् । 

    सलमान आजभोलि कम्मर कसेर प्रतिक्षित फिल्म दबंग ३ को सुटिङ पूरा गर्नमा व्यस्त रहेका छन् । यस फिल्ममा उनी पुनः एकपटक चुलबुल पाण्डेको भूमिकामा देखिँदैछन् । मिडिया रिपोर्ट अनुसार सलमान बुढो व्यक्तिको भूमिकामा पनि देखिनेछन् । 

    प्रभु देवाको निर्देशनमा बनेको यो फिल्म डिसेम्बर २० मा रिलिज हुँदैछ । फिल्ममा सलमान र साईका साथै सुदिप, सोनाक्षी सिन्हा, अरबाज खान लगायतको पनि अभिनय रहेको छ ।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast