बुधबार, भाद्र ४, २०७६
    पर्यटन समाचार

    अष्ट्रेलियाली पर्यटकका लागि घुम्नलायक शहरको सूचिमा काठमाडौं तेस्रो स्थानमा

    बिहिवार, २३ श्रावन २०७६, आहाखबर

    काठमाडौं, २३ साउन ।

    अष्ट्रेलियाली पर्यटकहरू घुम्ने ठाउँ खाेज्ने सूचिमा नेपाल तेस्राे स्थानमा रहेकाे छ ।अष्ट्रेलियालीको पर्यटकहरू आफ्नो अर्को विदामा कुन ठाउँ जान चाहन्छन् भनेर गरिएको तथ्याङ्क विश्लेषणमा काठमाडौं तेस्रो स्थानमा आएको हाे।

    कायाक डट कम डट एयुका प्रयोगकर्ताले एसियाली र मध्यपूर्वका स्थानहरू बढी खोजेका छन्। काठमाडौं तेस्रो स्थानमा आएको उक्त सूचीको पहिलोमा भारतको अहमदाबाद छ, जहाँ महात्मा गान्धीको घर औसाबरमती आश्रमओ छ।

    दोस्रोमा पाकिस्तानको लाहोर छ। भारतीय गन्तव्यको खोजी बढेको अष्ट्रेलियाको ट्राभल विक्ली डट कम डट एयुले जनाएको छ।

    काठमाडौंपछि सूचीमा कोची 'भारत', कराँची 'पाकिस्तान', टोकियो 'जापान', दुबई 'युएई', बेरूत 'लेबनान' आदि छन्। १५ गन्तव्यको उक्त सूचीमा एसियाबाहिरको जोहान्सबर्ग 'दक्षिण अफ्रीका' मात्र छ। 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast