मंगलवार, भाद्र ३, २०७६
    खेल संसार

    कोपा अमेरिकाले गर्यो ब्राजिलका जीससलाई २ महिनाको कारबाही

    बिहिवार, २३ श्रावन २०७६, आहाखबर

    काठमाडौं, २३ साउन  । 

    कोपा अमेरिकाले ब्राजिलका स्टाइकर ग्रावियल जीससलाई कारबाही गरेको छ । फाइनलमा खेल भावना विपरीत व्यवहार गरेको भन्दै कोपा अमेरिकाले जीससलाई दुई महिनाको कारबाही गरेको हो । 

    पेरुविरुद्धको फाइनलमा उनले दुई पहेलो कार्डसहित मैदान छोड्नुपरेको थियो । रातो कार्डको सामना गर्नुपरेका उनले रेफ्रीसँग विवाद गर्नुका साथै मैदानबाट बाहिरिँदै गर्दा पानीको बोतल खुट्टाले फालेका थिए । 

    उक्त खेलमा म्यानचेस्टर सिटीका स्टार समेत रहेका जीससले १ गोल समेत गरेका थिए । उक्त खेलमा आयोजक ब्राजिल ३–१ ले विजयी भएको थियो । दुई महिनाको कारबाहीसँगै उनले २५ हजार पाउण्ड जरिवाना तिर्नुपर्नेछ । साथै आगामी महिना कोलम्बिया र पेरुसँगको खेल पनि खेल्न पाउने छैनन् । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast