आईतवार, भाद्र ८, २०७६
    ब्राण्ड/संगठन

    तस्विरमा हेर्नुस् विश्वकै पहिलो ओपो फाइभजी होटल

    बुधबार, २२ श्रावन २०७६, आहाखबर

    काठमाडौं, २२ साउन ।

    ओपोले अष्ट्रेलियामा पहिलो पटक फाइभजी होटल सञ्चालनमा ल्याएको छ । फाइभजीबाट के कस्ता कार्य गर्न सकिन्छ भन्ने सफल उदाहरण सबैसामु प्रस्तुत गर्ने उद्देश्यका साथ ओपो अष्ट्रेलियाले विश्वकै पहिलो ट्राभलिङ फाइभजी पावर्ड स्मार्ट होटलको निर्माण गरेको हो । 

    समग्र होटलमा ओपोको रेनो स्मार्टफोन, अत्याधुनिक प्रविधि र फाइभजी नेटवर्कको पूर्ण सुविधा प्रदान गरिएको छ । आउने केही महिना यो होटल अष्ट्रेलियाका विभिन्न फाइभजी लोकेसनहरुमा पुर्याइने छ । यसको सुरुवात गोल्ड कोस्टको होम अफ आर्ट्स (एचओटीए)बाट गरिने जानकारी दिइएको छ ।

    फाइभजी होटलका विशेषता  

    स्मार्ट ऐना: होटलमा रहेका स्मार्ट मिररमा पाहुनाले आशा गर्न सक्ने सम्भवतः सबै सुविधाहरु उपलब्ध गरिएका छन् । यसलाई स्मार्ट उपकरणसँग कनेक्ट  गरी ताजा समाचार, शेयर बजार सम्बन्धि ताजा जानकारी, विहानको पत्रिका पढ्ने, चलचित्र हेर्ने वा परफेक्ट मिरर सेल्फीका लागि उपयुक्त प्रकाशको ब्यवस्थापनि गर्न सक्छन् । 

    बफर रहित मनोरञ्जन सुविधा: होटलमा फाइभजीका माध्यमबाट मुटु छुने कन्टेन्टहरु डाउनलोड, स्ट्रिम तथा हेर्ने सुविधा उपलब्ध छन् । बफर–फ्रि नेटफ्लिक्सको मज्जा लिने वा कफि बनाउँदै आफूलाई मनपर्ने सिरिज पूरै डाउनलोड गर्ने र होटलको फराकिलो स्क्रिन सहितको टीभीमा यसको मज्जा लिने सुविधापनि यहाँ उपलब्ध छ । 

    ४० फिटे शिपिङ कन्टेनरबाट फ्युचरिस्टिक होटलमा रुपान्तरण गरिएको फाइभजी होटल एचओटीएमा अगस्ट १ देखि ३० सम्मका लागि बुकिङ खुल्ला गरिएको छ । 

    होटलको विलाशी वान बेडरुम स्विट फाइभजी क्लाउड गेमिङ, बफर रहित स्ट्रिमिङ, ईमर्सिभ एआर एप्स र स्मार्ट मिरर लगायत अत्याधुनिक स्मार्ट होम फिचर्सबाट सुसज्जित रहेका छन् । साथै एचओटीएमा फाइभजी होटलका पाहुनाहरु ग्लो फेस्टिवल, फार्मर्स मार्केट, डान्सिङ अन द ग्रीन र गोल्ड कोस्टको ईस्टेडफुड लगायत अष्ट्रेलियाको मौलिक तथा सर्वाधिक ठूलो परफर्मिङ आर्ट्स शोको पनि मज्जा लिन सकिन्छ ।

    सर्वसुलभ गेम: होटलमा रहेको फाइभजी गेमिङ स्विट मार्फत पाहुनाले आफ्नै हत्केलामा हाई एण्ड गेमिङ कम्प्युटरको अनुभव गर्न सक्छन् । प्रयोगकर्ताले सहजै पीसीमा वा फाइभजी स्मार्टफोनको सहायताबाट गेमको भण्डारसम्म आफ्नो पहुँच बनाइ आफूलाई पायक पर्ने स्थानबाट गेमिङको मज्जा लिन सक्छन् ।

    हस्तरहित कार्य सम्पादन: होटलमा उपलब्ध गरिएको रेनो फाइभजी उपकरण गूगलको होम हब तथा स्मार्ट होम फिचर्सबाट सुसज्जित छन् । पाहुनाले आफ्नै आवाजको माध्यमबाट प्रकाशको तिब्रता नियन्त्रण, यू–ट्यूब म्यूजिक मार्फत आफ्नो ईच्छा अनुसारका गीत बजाउन तथा गूगललाई प्रश्न सोधी उत्तर समेत सहजै प्राप्त गर्न सक्छन् ।

    संवर्धित वास्तविकताको अनुभव (एआर): होटलले उपभोक्तालाई संवर्धित वास्तविकता (एआर)को अभुतपूर्व अनुभव प्रदान गर्ने सोचका साथ एआर एप्सहरु पनि प्रदर्शनीमा राखेको छ । प्रदर्शित एप्समा रेनो फाइभजीको अन्तरक्रियात्मक परिचयका साथै एआर वारड्रोब लगायत छन् । एआर वारड्रोबले पाहुनालाई विभिन्न कपडाहरु भर्चुअल एआर रनवे मार्फत पूर्वावलोकन गर्न सघाउँछ ।

     

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast