सोमबार, भाद्र २, २०७६
    अावास-निर्माण

    १ सय २१ तुइन विस्थापन, मानवीय क्षतिमा कमी

    बुधबार, २२ श्रावन २०७६, आहाखबर

    काठमाडौँ, २२ साउन  

    सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत आर्थिक वर्षमा १३४ मध्ये १२१ तुइन विस्थापन गरेको छ । सरकारको तुइन विस्थापन गर्ने योजनाअनुसार ती तुइन विस्थापन गरिएको मन्त्रालयका प्रवक्ता भूपाल बरालले जानकारी दिनुभयो ।

    प्रदेश नं १ मा पाँच, प्रदेश नं ३ मा १९, गण्डकी प्रदेशमा २६, प्रदेश नं ५ मा १७, कर्णाली प्रदेशमा २८ र सुदूरपश्चिम प्रदेशमा २६ वटा तुइन विस्थापन गरिएको छ । तुइन विस्थापनबाट तुइन दुर्घटनाबाट हुने मानवीय क्षतिमा कमी आएको र आर्थिक–सामाजिक क्रियाकलापमा पहुँच वृद्धि भएको जनाइएको छ । 

    यसैगरी मन्त्रालयले ५०० झोलुङ्गे पुलमध्ये ४९५ वटा निर्माण गरिएको छ । प्रदेश नं १ मा ८४, प्रदेश नं २०, प्रदेश नं ७३, गण्डकी प्रदेश १०२, प्रदेश नं ५ मा ६४, कर्णाली प्रदेश ८७ र सुदूरपश्चिम प्रदेशमा ६५ पुल निर्माण गरिएको छ । 

    यसैगरी मन्त्रालयले १०३ वटा पुल बनाउने लक्ष्य लिएकामा ७३ वटा निर्माण गरिएको छ । प्रदेश नं १३, प्रदेश नं १२ प्रदेश नं ३ मा २१, गण्डकी प्रदेश नं १२ प्रदेश नं ५ मा १०, कर्णाली प्रदेशमा तीन वटा र सुदूरपश्चिम प्रदेशमा दुई वटा सडक बनेका छन् । पुल निर्माण भएपछि यातायातमा सहज भएको छ । 

    यसैगरी मन्त्रालयले एक हजार २३९ किलोमिटर सडकमध्ये ६०५ किलोमिटर बनाएको छ । 
    प्रदेश नं १ मा ९९ किमी, प्रदेश नं २ मा ८९ किमी, प्रदेश नं ३ मा १७९ किमी, गण्डकी प्रदेशमा ९२ किमी, प्रदेश नं ५ मा ११६, कर्णाली प्रदेशमा २० किमी र सुदूरपश्चिममा १८ किमी निर्माण गरिएको छ । 

    यसैगरी मन्त्रालयले प्रदेश नं १ मा ९८६ किमी, प्रदेश नं २ मा एक हजार २०० किमी, प्रदेश नं ३ मा एक हजार ३५ किमी, गण्डकी प्रदेशमा एक हजार १५८ किमी, प्रदेश नं ५ मा एक हजार २५० किमी, कर्णाली प्रदेशमा एक हजार १४५ किमी र सुदूरपश्चिम प्रदेशमा ९७५ किमी सडक मर्मत गरेको छ । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast