मंगलवार, भाद्र ३, २०७६
    खेल संसार

    टि–ट्वान्टी बरीयतामा पारस खड्का धोनी र गेलभन्दा अघि

    बुधबार, २२ श्रावन २०७६, आहाखबर

    काठमाडौँ, २२ साउन 

    आईसीसी टी-२० वरियताको ब्याटिङमा पारस खड्का २७ स्थान सुधार गर्दै ९३ औँ स्थानबाट ६६ औँ स्थानमा पुगेका छन् । 

    ब्याटिङ वरियतामा पारसले भारतीय खेलाडी महेन्द्रसिंह धोनी, वेस्ट इन्डिजका ग्रिस गेललाई समेत पछि पारेका छन् ।

    टी-२० अलराउण्डरमा पारस २५ औँ स्थानमा छन् । यसअघि ३९ औँ स्थानमा रहेका उनले १४ स्थान सुधार गरेका हुन् । 

    अलराउण्डरतर्फ दक्षिण अफ्रिकाका क्रिस मोरिस, भारतका रोहित शर्मा, हार्दिक पाण्ड्या, इंग्ल्याण्डका जोय रुट, बेन स्टोक, वेस्ट इन्डिजका क्रिस गेल, एन्ड्यु रसेल जस्ता खेलाडीलाई पारसले पछाडि पारेका छन् । 

    अलराउण्डरमा नै सोमपाल कामी भने तल झरेका छन् । यसअघि ४८ औँ स्थानमा रहेका उनी अहिले ६६ औँ स्थानमा छन् । बलिङ वरियतामा पनि नेपालको सुधार हुन सकेन । पहिले ६७ औँ स्थानमा रहेका बसन्त रेग्मी अहिले ७१ औँ स्थानमा र ६६ औँ स्थानमा रहेका सोमपाल ७८ औँ स्थानमा पुगेका छन् । 
     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast