आईतवार, भाद्र ८, २०७६
    ब्राण्ड/संगठन

    अन्तत: डुब्याे टाइटानिक बनाउने १ सय ५८ वर्ष पुरानो कम्पनी

    बुधबार, २२ श्रावन २०७६, आहाखबर

    एजेन्सी । टाइटानिक जहाज बनाउने कम्पनी बन्द हुने अवस्थामा आइपुगेको छ । करिब १ सय ५८ वर्ष पुरानो कम्पनी हाल्र्यान्ड एन्ड वूल्फ कम्पनी बन्द हुन लागेकाे हाे । 

    आज भन्दा सय वर्ष अघि यस कम्पनीमा ३५ हजार कामदार कार्यरत थिए भने सोमबार सम्ममा यस कम्पनीमा १२३ जना कामदार मात्र रहेका थिए । लगातार नोक्सान बेहोर्नुपरेपछि कम्पनी बन्द हुन लागेको अन्तष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । 

    यसै कम्पनीले सन् १९०९ देखि १९११ मा टाइटानिक बनाएको थियो । जसलाई उत्तरी आइरल्यान्डको बेलफास्टमा ३१ मार्च १९११ मा लन्च गरिएको थियो । यस कम्पनीले विश्व युद्धको समयमा १ सय ५० भन्दा बढि युद्धतोप पनि निर्माण गरेको थियो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast