शनिबार, भाद्र ७, २०७६
    यातायात

    पठाओको ट्याक्सी सेवा सुचारु, नेपाल सरकारले तोकेबमोजिम भाडा तिर्नुपर्ने

    बुधबार, २२ श्रावन २०७६, आहाखबर

    काठमाडौँ, २२ साउन 

    राइड सेयर कम्पनी पठाओले शुक्रबारदेखि ट्याक्सी सेवा सुरू गर्ने भएको छ । दुई पांग्रे सेवाको सफलतापछि दोस्रो प्रोजेक्टको रूपमा आगामी शुक्रबारदेखि ट्याक्सी सेवा सुरू गर्न लागिएको पठाओका रिजनल डाइरेक्टर अशिममान सिहं बस्न्यातले जानकारी दिए ।

    ‘हामीले सामाजिक सञ्जालमार्फत् ग्राहकसँग सुझाव मागेका थियौं, ट्याक्सीको माग उच्च भएपछि ट्यासी सेवा सुरू गर्न लागेका हौं,’ बस्न्यातले सेतोपाटीसगँ भने।

    हालको एपमा ट्याक्सी विकल्प छानेर यो सेवा लिन सकिने बस्न्यातले जानकारी दिए । ‘अहिले मोटरसाइकलको राइड मगाइन्छ त्यसरी नै ट्याक्सी मगाउन सकिन्छ, प्यासेन्जरले झण्झट व्यहोर्न पर्दैन,’उनले भने ।

    यो सेवा प्रयोग गरे बापत यात्रुले नेपाल सरकारले तोकेबमोजिम भाडा तिर्नुपर्ने छ । त्यस्तै यो एपमार्फत् जुनसुकै बेलामा, जुनसुकै ठाउँमा बोलाउन सकिने भएकोले १ सय रुपैयाँ सेवा शुल्क लाग्ने बस्न्यातले जानकारी दिए ।

    पठाओमा आवद्ध हुन चाहने ट्याक्सीले आफ्नो डकुमेन्ट बुझाएर सामान्य ट्रेनिङ लिनुपर्ने उनले बताए । पठाओमा आवद्ध ट्याक्सीले विभिन्न थप बोनस सुविधा पाउने छन् । पठाओको ट्याक्सी सेवाले ठगी, लुटपाट लगायतको समस्या हटाउने कम्पनीको विश्वास छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast