सोमबार, भाद्र २, २०७६
    मुभी-थिएटर

    २० केजी तौल घटाउन आमिरको यस्तो योजना

    बुधबार, २२ श्रावन २०७६, आहाखबर

    काठमाडौँ, २२ साउन 

    बलिउड अभिनेता आमिर खानले नयाँ चलचित्र ‘लाल सिंह चड्डा’मा काम गर्दैछन् । 

    यो चलचित्रको छायांकन केही महिनापछि सुरु हुँदैछ । नायक आमिर खान भने अहिले चलचित्रको स्क्रिप्टमा व्यस्त छन् । चलचित्रको स्क्रिप्टमा काम गरिरहेका आमिर खानले यसका लागि छुट्टै मिहिनेत गर्नुपर्नेछ । भारतीय मिडियाका अनुसार, आमिरले चलचित्रका लागि २० केजी तौल घटाउनुपर्नेछ ।

    उनले तौल घटाउनका लागि विशेष ट्रेनिङ सेप्टेम्बरबाट सुरु गर्नेछन् । यसका लागि उनको खानेकुराको प्लान समेत गरिएको छ । आमिरले आफ्नो लुकलाई समेत परिवर्तन गर्ने तयारी गरेका छन् । 

    आमिरले तौल घटाउनका लागि रोटी, साग र केही प्रोटिन मात्र लिनेछन् । २० केजी तौल घटाउन उनलाई सजिलो भने छैन । 

    आमिरको जन्मदिनमा यो चलचित्रको घोषणा गरिएको थियो । यो चलचित्र सन् २०२० को क्रिसमसमा रिलिज हुँदैछ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast