आईतवार, भाद्र १, २०७६
    कला-सौन्दर्य

    बलिउड नायिका सोनाक्षी सिन्हा पक्राउ, भिडियाे भाइरल भएपछि दिइन् यस्तो स्पष्टिकरण (भिडियाेसहित)

    बुधबार, २२ श्रावन २०७६, आहाखबर

    नयाँ दिल्ली, २२ साउन ।

    सोसल मिडियामा बलिउड नायिका सोनाक्षी सिन्हा पक्राउ परेकाे भिडियाे यतिबेला भाइरल बनेकाे छ । उक्त भिडियाेमा सोनाक्षीकाे हातमा हत्कडी लगाइरहेको देख्न सकिन्छ ।  

    भिडियोमा सोनाक्षीले आफूलाई यसरी पक्राउ गर्न नमिल्ने र आफूले केही गल्ती नगरेका कारण निर्दोष छु भनेर कराइरहेको सुन्न सकिन्छ । सोनाक्षीले भिडियोमा भनेकी छिन्, ‘तपाईंले मलाई यसरी पक्राउ गर्न सक्नुहुन्नँ । तपाईंलाई थाहा छ म को हुँ रु मैले केही गरेको छैन, म निर्दोष छु ।’

    सोनाक्षीको यो भिडियोले उनका प्रशंसक अलमल्लमा परेका छन् । कतिले सोनाक्षीलाई पक्राउ गरेको कुरा अविश्वसनीय भएको बताइरहेका छन् भने कतिले यो सोनाक्षीको फिल्मको प्रमोशनको तरिका बताएका छन् । भिडियोको वास्तविकताबारे अहिलेसम्म केही जानकारी उपलब्ध छैन ।

    सोनाक्षीको यो भिडियो सोसल मिडियामा भाइरल भएपछि उनले स्पष्टिकरण दिएकी छिन् । उनले आफ्नो इन्स्टाग्राममा एउटा स्टोरी सेयर गरेकी छिन् जसमा उनले लेखेकी छिन्, ‘मलाई थाहा छ कि केही भिडियो भाइरल भइरहेका छन् । भिडियोमा देखिएकी महिला म नै हुँ तर यो नै पूर्ण सत्य होइन । म चाँडै नै तपाईंहरुमाझ विस्तृत जानकारी साझा गर्छु ।’

    सोनाक्षीको फिल्म खानदानी शफाखाना भर्खरै रिलिज भएको छ । फिल्ममा उनीबाहेक बादशाह र वरुण शर्मा थिए । अब चाँडै नै उनको फिल्म मिशन मंगल रिलिज हुँदै छ जसमा उनीबाहेक अक्षय कुमार, विद्या बालन, तापसी पन्नु र कृति कुल्हारी जस्ता कलाकारहरू रहेका छन् ।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast