बुधबार, भाद्र ४, २०७६
    बैंक-बीमा

    सिभिल बैंकको नयाँ शाखा मोरङको उर्लाबारीमा

    बुधबार, २२ श्रावन २०७६, आहाखबर

    उर्लाबारी, २२ श्रावण । 
     

    सिभिल बैंकले मोरङ जिल्लाको उर्लाबारीमा आफ्नो शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्ग बहादुर फागोले उद्घाटन गर्नुभयो । 

    सो उद्घाटन समारोहमा प्रमुख अतिथि तथा अन्य विशिष्ट पदाधिकारीहरु, सिभिल बैंकका क्षेत्र नं १ का क्षेत्रीय प्रबन्धक सन्तोष कुमार बुढाथोकी तथा त्यस क्षेत्रका बिशिष्ट व्यक्तिहरुको समेत उपस्थिति थियो ।

    सो अवसरमा समारोहमा प्रमुख अतिथि तथा उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्ग बहादुर फागोले महिला बिकास तथा बालबालिका चेतना केन्द्रलाई आर्थिक सहयोग स्वरुप सिभिल बैंकको तर्फबाट चेक हस्तान्तरण पनि गर्नुभयो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast