मंगलवार, कार्तिक ५, २०७६
    सार्क

    प्रखर भाजपा नेत्री एवं पूर्व भारतीय विदेशमन्त्री सुषमा स्वराजको निधन

    बुधबार, २२ श्रावन २०७६, आहाखबर

    काठमाडौँ, २२ साउन । 
    भारतकी पूर्व विदेशमन्त्री एवं भारतीय जनता पार्टीकी वरिष्ठ नेत्री सुषमा स्वराजको निधन भएको छ। ६७ वर्षको उमेरमा उनको निधन भएको हो ।  उनलाई मङ्गलबार साँझ दिल्लीस्थित एम्स् अस्पतामा भर्ना गरिएको थियो।
    स्वराजको निधन कार्डिएक अरेस्टका कारण भएको बताइएको छ। त्यसपछि उनलाई अस्पताल लगिए पनि बचाउन नसकिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

    कार्डिएक अरेस्ट भएपछि मानिसको मुटुमा इलेक्ट्रोनिक गडबडी हुने र त्यसैकारण मुटुको धडकनको तालमेल बिग्रिने जानकारहरू बताउँछन्।

    २५ वर्षको उमेरदेखि राजनीतिक यात्रा थालेकी थिइन । उनको अन्तिम संस्कार बुधवार दिल्लीमा राजकीय सम्मानका साथ हुने कार्यक्रम छ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विटरमा सन्देश लेख्दै स्वराजप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।

    मोदीले ट्विटरमा लेखेका छन्, ुुभारतीय राजनीतिको एउटा महान अध्याय समाप्त भएको छ। भारत एउटी असाधारण नेताको निधको शोकमा डुबेको छ। सुषमा स्वराज महान व्यक्ति थिइन् जसले मानिसको सेवा र गरिबहरूको जिन्दगी अझै राम्रो बनाउन आफ्नो जीवन समर्पण गरिदिइन्।ू

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast