शुक्रबार, मंसिर २७, २०७६
    आर्थिक खबर

    पोखरा उद्योग वाणिज्य सङ्घको टोली अष्ट्रेलिया भ्रमणमा

    मंगलवार, २१ श्रावन २०७६, आहाखबर

    पोखरा, २१ साउन

    पोखरा उद्योग वाणिज्य सङ्घको प्र्रतिनिधिमण्डल आज अष्ट्रेलियाको अध्ययन अवलोकन भ्रमणमा गएको छ । सङ्घका अध्यक्ष दामु अधिकारीले वरिष्ठ उपाध्यक्ष नारायण कोइरालाको नेतृत्वको टोलीलाई आज पोखराबाट बिदाइ गर्नुभयो । उक्त टोली यही साउन २२ गते काठमाडौंबाट भदौ १३ गतेसम्म अष्ट्रेलियाको भ्रमणमा रहनेछ ।

    गण्डकी सरकारको आन्तरिक भ्रमण वर्ष, नेपाल सरकारले घोषणा गरेको सन् २०२० को नेपाल भ्रमण वर्षको प्रचार÷प्रसारका साथै अष्ट्रेलियाको निजी क्षेत्र एवं गैरआवासीय नेपालीसँग उद्योग÷व्यवसायको क्षेत्रमा सहकार्यको सम्भावनाको खोजी भ्रमणको मुख्य उद्देश्य रहेको सङ्घका अध्यक्ष अधिकारीले जानकारी गराउनुभयो । 

    अष्टे«लियाले गरेको आर्थिक उन्नतिको अवलोकन, नयाँ प्रविधिको जानकारी तथा गैरआवासीय नेपाली तथा अष्ट्रेलियाका व्यवसायीलाई नेपालमा लगानीका लागि आह्वान गर्न भ्रमणको माध्यमबाट सहयोग पु¥याउने उहाँले विश्वास व्यक्त गर्नुभयो । भ्रमण दलका नेता तथा सङ्घका वरिष्ठ उपाध्यक्ष कोइरालाले नयाँ कुरा सिक्ने र पोखरामा लगानी भित्र्याउने एवम् पर्यटन प्रवद्र्धनमा  भ्रमण केन्द्रित रहने बताउनुभयो । 

    भ्रमण टोलीमा सङ्घका वाणिज्य उपाध्यक्ष पवनकुमार प्रजापति, महासचिव अर्जुन पोखरेल, कोषाध्यक्ष सुरेन्द्रमान बिजुक्छे, सदस्यहरु दिनेशचन्द्र बाँस्तोला, सोवित पौडेल, नगेन्द्रप्रसाद सुवेदी, ऋषिराम शर्मा भण्डारी, हर्कबहादुर अधिकारी, चिन्तामणि बाँस्तोला र देवेन्द्र केसी हुनुहुन्छ । 

    टोलीले ब्रिस्बनका खाद्य सामग्री प्रशोधन प्रविधि तथा सेवा उद्योगको अवलोकन, मेलबर्नमा पेय पदार्थ उद्योगका साथै सिड्नीस्थित कृषि बजारको समेत अवलोकन गर्ने कार्यक्रम रहेको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast