सोमबार, भाद्र २, २०७६
    मुभी-थिएटर

    अर्को साताबाट पुनः प्रशारण हुँदैछ ‘भद्रगोल’

    मंगलवार, २१ श्रावन २०७६, आहाखबर

    काठमाडौं, २१ साउन । 

    कही साता यता प्रशारण नभएकाे हास्य टेलीश्रृंखला ‘भद्रगोल’ पुनः प्रशारण हुने भएको छ ।

    हास्य टेलीश्रृंखला ‘भद्रगोल’ अबको केही हप्तामा प्रशारण हुने भद्रगोल’का निर्देशक तथा लेखक अर्जुन घिमिरेकाे भनाइ छ। 

    निर्देशक घिमिरेले भने,  'प्राविधिक कारणले केही साता प्रशारण नभएको मात्रै हो । केही दिनमै हामी भद्रगोलकै नयाँ श्रृंखला लिएर आउने छौं। दर्शकको यति धेरै माया र माग हुँदाहुँदै बन्द गर्दैनौँ ।'

    नेपाल टेलिभिजनसँगको सम्झौता सकिएकाले नयाँ प्रक्रियामा जाँदा केही दिन टेली श्रृंखला रोक्नु परेको उनको भनाइ छ । “टेन्डर प्रक्रिया मिलिसक्यो । मिडिया हबसँगको आर्थिक पाटो पनि मिलिसक्यो । अब नयाँ सम्झौता गरेर अर्को हप्ताबाट भद्रगोल लिएर आउने छौँ ।”

    ‘भद्रगोल’ पछिल्लो समय युट्युबमा रुचाइको टेली श्रृंखला हो । ‘भद्रगोल’का अधिकांश भाग युट्युब ट्रेन्डिङमा आउने गरेका थिए । 


     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast