आईतवार, भाद्र १, २०७६
    कला-सौन्दर्य

    हनीमुनको फोटो सार्वजनिक भएपछि अभिनेत्री राखी किन मौन ?

    मंगलवार, २१ श्रावन २०७६, आहाखबर

    मुम्बई,  २१ साउन 

    बलिउड अभिनेत्री राखी सावन्तको विवाहको समाचार तस्बिरसहित गत साता आउँदा उनले आफूले एउटा विज्ञापनका लागि बेहुलीका रूपमा मोडलिङ गरेको बताएकी थिइन् ।

    तर, यतिबेला उनी सिन्दूर लगाएर मंगलसूत्र र चुरासहित विवाहित नारीको भेषमा हिँडेको तस्बिर सञ्चारमाध्यमले बाहिर ल्याएका छन् ।

    उनका हनिमुनका केही फोटोसमेत बाहिरिएका छन् ।हनिमुनको फोटो बाहिर आएपछि राखी चुप भइन् । अन्ततः उनी आफैंले हनिमुनका थुप्रै फोटो इन्टाग्रामबाट सार्वजनिक गरिन् । 

    गैरआवासीय भारतीय नागरिक रितेससँग उनले विवाह गरेको चर्चा छ । यसबारे राखीले अझै केही बताएकी छैनन् ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast