मंगलवार, भाद्र ३, २०७६
    स्वास्थ्य

    कांग्रेस नेता प्रकाशमान सिंह अस्पताल भर्ना, कस्ताे छ उनकाे स्वास्थ्य ?

    मंगलवार, २१ श्रावन २०७६, आहाखबर

    काठमाडौं, २१ साउन ।

    नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा प्रतिनिधिसभा सांसद प्रकाशमान सिंह अस्पताल भर्ना भएका छन्। नेता सिंह शारिरीक रूपमा अस्वस्थ भएपछि मेडिसिटी अस्पतालमा भर्ना भएका हुन्।

    केही दिनदेखि अवस्थ नेता सिंहको स्वास्थ्यमा थप समस्या देखिएपछि हिजो सोमबार अस्पताल भर्ना गरिएको हो। पूर्वमहामन्त्री सिंहलाई उच्च ज्वरो, युरिन संक्रमण र मधुमेह बढेको बताइएको छ। अहिले उनको स्वास्थ्य सुधारोन्मुख भएको र केही दिन अझै अस्पताल राखेर  उपचार गरिने युपी लामिछानेले बताए। 

    कांग्रेसका केन्द्रीय सदस्य सिंहलाई मेडिसिटी अस्पतालका इन्डोक्राइनोलोजिस्ट डा. मिमी गिरीको समूहले उपचार गरिरहेको बताइएको छ।

    नेता सिंहको स्वास्थ्यबारे जानकारी लिन कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा लगायत मेडिसिटी अस्पताल पुगेका छन्। 

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast