मंगलवार, कार्तिक ५, २०७६
    स्कुल-कलेज

    ३८ हजार अस्थायी शिक्षकको दरबन्दी थपिदै

    मंगलवार, २१ श्रावन २०७६, आहाखबर

    काठमाडौं, २१ साउन।

    शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले अस्थायी शिक्षकको दरबन्दी थप्ने तयारी गरेकाे छ ।शिक्षा मन्त्रालयले प्रावि, निमावि र मावि तहमा ३८ हजार अस्थायी दरबन्दी थप्ने तयारी गरेको हो।

    स्थायी शिक्षक पदपूर्ति गरेपछि अस्थायी शिक्षकको दरबन्दी थपिने छ। स्थायी पदपूर्ति गरेपछि मन्त्रालयले अझै ६० हजारभन्दा बढी शिक्षक आवश्यक रहेको तथ्यांक संकलन गरेको छ।

    मन्त्रालय स्रोतका अनुसार अस्थायी शिक्षकका लागि नयाँ दरबन्दी सिर्जना गर्ने काम अन्तिम चरणमा पुगेको छ। तर केही प्राविधिक विषय मिलाउन बाँकी रहेकोले दरबन्दी खुलाउन अली केही समय लाग्ने छ।

    स्रोतले भन्यो, ‘नयाँ दरबन्दी सिर्जना गर्ने काम अन्तिम चरणमा पुगेको छ। केही प्राविधिक विषय मिलाउन बाँकी छ। एक महिनाभित्र प्राविधिक समस्या पनि हल हुन्छ र दरबन्दी सिर्जना हुन्छ।’ प्रतस्पर्धाका आधारमा नयाँ अस्थायी शिक्षक भर्ना गर्नका लागि दरबन्दी सिर्जना गर्न लागिएको छ।

    अस्थायी शिक्षक नियुक्तिको जिम्मा स्थानीय तहलाई दिनेकी जिल्लाको शिक्षा इकाईलाई दिने भन्ने विवाद अझै सुल्झिएको छैन। स्थानीय तहलाई दिँदा राजनीतिक नियुक्ति हुने आँकलन शिक्षा मन्त्रालयले गरेको छ। तर स्थानीय तहले भने यो अधिकार आफुलाई दिन माग गरिरहेका छन्।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast