आईतवार, भाद्र ८, २०७६
    ब्राण्ड/संगठन

    हुन्डाईको कम्प्याक्ट एसयूभी भेन्यू बन्याे सर्वाधिक बिक्री हुने कार, यस्ता छन् विशेषता

    मंगलवार, २१ श्रावन २०७६, आहाखबर

    काठमाडाैं, २१ साउन ।

    भारतमा कम्प्याक्ट एसयूभी कार सर्वाधिक बिक्री हुने कारकाे सूचिमा परेकाे छ ।  हुन्डाईको कम्प्याक्ट एसयूभी कार भेन्यू जुलाई महिनामा सर्वाधिक बिक्री हुने कार बनेको हाे । 

    जुलाईमा भेन्यू ९ हजार ५ सय ८५ युनिट बिक्री भएको भारतीय सञ्चामाध्यमले जनाएका छन् । यसका प्रतिस्पर्धी मोडल सुजुकी भिटारा ब्रेजा ५ हजार ३ सय २ युनिट बिक्री भएको छ भने महिन्द्रा एक्सयूभी–३०० ४ हजार ४६४ युनिट बिक्री भएको छ ।

    भारतीय बजारमा भेन्युले सुरुवातदेखि नै राम्रो बजार लिएको थियो । कम्पनीले बुकिङ्ग खुलाएको २४ घन्टामा नै २ हजार युनिट बुकिङ्ग भएको कम्पनीको दाबी छ । दुई महिनामा यो कार ५० हजारभन्दा बढी बुकिङ्ग भएको थियो ।

    भेन्यूमा ब्ल्यु लिंक टेक्नोलोजी, दिइएको छ । भेन्यू १.० लिटर टर्बो पेट्रोल, १.२ लिटर पेट्रोल र १.४ लिटर डिजल गरी ३ इन्जिन अप्सनमा उपलब्ध रहेको छ । यसमा प्रयोग भएको १.० लिटर टर्बो पेट्रोल इन्जिनले १२० पीएसको पावर दिन्छ भने ७ डीसीटी र म्यानुअल ट्रान्समिशन दिइएको छ । 

    यसमा दिइएको १.२ लिटर पेट्रोल इन्जिनले ८३ पीएस पावर र ११५ एनएमको टर्क जनेरेट गर्छ र यो इन्जिनमा ५ स्पीड म्यानुअल ट्रान्समिशन समावेश गरिएको छ । १.४ लिटर डिजेल इन्जिनले ९० पीएसको पावर र २२० एनएम टर्क जेनेरेट गर्छ । 

    कम्पनीले यसमा ३३ स्मार्ट कनेक्टेड फिचर प्रदान गरेको छ । यसमा उपलब्ध कनेक्टिभिटी टेक्नोलोजीमा एआईमा आधारित भ्वाइस कमान्ड, लोकेशन ट्रयाक सर्भिस, सेफ्टी र अन्य फिचर पनि उत्कृष्ट रहेको छ । नेपाली बजारमा भेन्यू आगामी अटो शोमा सार्वजनिक हुने तयारी छ ।

     

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast