मंगलवार, भाद्र ३, २०७६
    बैंक-बीमा

    कृषि विकास बैंककाे नाफा १९ प्रतिशत बढ्याे, ४ अर्ब ३५ करोड आम्दानी

    मंगलवार, २१ श्रावन २०७६, आहाखबर

    काठमाडौं, २१ साउन ।

    कृषि विकास बैङ्कले गत आर्थिक वर्षमा नाफा १९ प्रतिशत बढाएको छ । सरकारको बहुमत स्वामित्वको कृषि विकास बैंकले गत आर्थिक वर्षमा रु. ४ अर्ब ३५ करोड ३२ लाख  खुदनाफा गरेको हाे । 

    कृषि विकासले मंगलबार सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरणमा रु ६९ करोड ९७ लाख नाफा बढेको देखाएको छ । कृषि विकासले सेयरधनीलाई रु ३ अर्ब ३१ करोड लाभांश बाँड्न सक्ने जानकारी दिएको छ । बैङ्कको खुद ब्याज आम्दानी बढेर रु ७ अर्ब ३७ करोड भएको छ । 

    अघिल्लो वर्षको सोही अवधिमा रु ३ अर्ब ६५ करोड ३५ लाख नाफा गरेको थियो भने रु ६ अर्ब ८४ करोड ब्याज आम्दानी थियो ।

    कृषि विकासको निष्क्रिय कर्जा घटेर २.९० प्रतिशतमा सीमित भएको छ । निक्षेप लागत ७.४१, सीसीडी ७८.७२ आधारदर १०.५८ र  ब्याजदर अन्तर ४.६८ प्रतिशत रहेको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ ।

    प्रतिसेयर आम्दानी रु ४४ र प्रतिसेयर खुदमूल्य बढेर रु  ३१४ पुगेको छ । बैङ्कको सञ्चित कोषको आकार बढेर रु १० अर्ब ४० करोड पुगेको छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast