आईतवार, भाद्र ८, २०७६
    ब्राण्ड/संगठन

    सिभिल बैंक लिमिटेडद्वारा दूर्घटना मृत्यू बीमाको दाबी रकम भुक्तानी

    सोमबार, २० श्रावन २०७६, आहाखबर

    काठमाडौ, २० श्रावण । 

    सिभिल बैंकले केहि महिना अगाडी ल्याएको “सम्मान बचत खाता” मा आकर्षक ब्याजको साथमा औषधोपचार खर्चमा रु. एक लाखसम्म तथा दुर्घटना मृत्युमा रु.सात लाखसम्मको बीमा सुबिधा प्रदान गरेको छ ।  

    जसअन्र्तगत सिभिल बैंकले “सम्मान बचत खाता“ खोलेका साहिद अली मनीहारको दूर्घटनामा परी मृत्यु भएकोमा दुर्घटना मृत्यु बीमा अन्तर्गत रु. सात लाखको चेक निजकी श्रीमती नूर जहाँ मनीहारलाई प्रदान गरेको हो । 

    बैंकले आधुनिक प्रबिधियुक्त बैंकिङ्ग सेवा तथा सुबिधामा विशेष ध्यान दिंदै ग्राहकसेवालाइ निरन्तर रुपमा चुस्त दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना रहेको पनि जनाएको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast