शुक्रबार, मंसिर २७, २०७६
    बैंक-बीमा

    ६५ वर्ष कटेको व्यक्ति वित्तीय संस्थामा सीईओ बन्न नपाउने

    सोमबार, २० श्रावन २०७६, आहाखबर

    काठमाडौँ, २० साउन ।

    अब ६५ वर्ष उमेर पुगेपछि बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) हुन नपाइने भएको छ ।

    नेपाल राष्ट्र बैंकले सोमबार बैंकहरुलाई निर्देशन जारी गर्दै ६५ वर्ष नाघेपछि बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी पदमा नियुक्त हुन नपाइने व्यवस्था गरेको हो ।

    ‘६५ वर्ष नाघेको व्यक्ति बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी पदमा नियुक्त वा पुनः नियुक्त हुन पाउने छैन,’ निर्देशनमा भनिएको छ, ‘कोही नियुक्त भइसकेको भए चाहिँ ६९ वर्ष पछि प्रमुख कार्यकारीमा बहाल रहन सक्ने छैन।’

    यस्तै, ७० वर्ष भन्दा मुनिका व्यक्ति मात्र बैंक तथा वित्तीय संस्थामा सञ्चालक बन्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ। ‘७० वर्ष नाघेको व्यक्ति बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी पदमा नियुक्त वा पुनः नियुक्त हुन योग्य हुने छैन,’ निर्देशनमा भनिएको छ, ‘कोही नियुक्त भइसकेको भए चाहिँ ७४ वर्ष नाघेको व्यक्ति सञ्चालकमा बहाल रहन सक्ने छैन।’

    यो व्यवस्था राष्ट्र बैंकले प्रस्तावित बाफियामा गरेको छ। बाफिया अहिले स्वीकृतिको क्रममा छ। त्यसअघि नै राष्ट्र बैंकले निर्देशन मार्फत यो व्यवस्था ल्याएको हो।

    राष्ट्र बैंकले सोमबार परिपत्रमार्फत यस्तो व्यवस्था गरेको हो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast