शनिबार, मंसिर २८, २०७६
    कला-सौन्दर्य

    बलिउड

    सलमान होइन ‘दबंग’का लागि यी अभिनेता थिए पहिलो रोजाइमा

    सोमबार, २० श्रावन २०७६, आहाखबर

    काठमाडौं, २० साउन

    हाल सलमान खान आफ्नो हिट एक्सन फ्रान्चाइज ‘दबंग’को तेश्रो भागमा काम गरिरहेका छन्। सिनेमाको पहिलो भाग सन् २०१० मा रिलिज भएको थियो।सिनेमालाई डेब्यू निर्देशक अभिनव कश्यपले निर्देशन गरेका थिए भने निर्माता थिए उनकै भाइ अरबाज खान।

    हाल बनिरहेको ‘दबंग ३’ भने सो सिनेमाको प्रिक्वल हो। यस प्रिक्वलमा सलमान खान कसरी रविनहुड स्वभावको चुलबुल पाण्डे बन्छन् भन्ने देखाइनेछ। सिनेमामा उनको स्थानिय गुण्डाबाट प्रहरी बन्दासम्मको यात्रा देखाइनेछ।

    हाल सिनेमाको काम चलिरहेको छ। यस्तोमा सिनेमालाई लिएर नयाँ र रोचक कुराको खुलासा भएको छ। सो खुलासाका अनुसार चुलबुल पाण्डेको भूमिकाका लागि सलमान खान पहिलो रोजाइमा थिएनन्।

    यसको खुलासा निर्माता तथा सिनेमामा चुलबुलको भाई मख्खी बनेर अभिनय गरेका अरबाज खानले गरेका हुन्।एक अन्तरवार्तामा उनले यसको खुलासा गरेका हुन्।‘जन अभिनवले मलाई स्क्रिप्ट सुनाए तब मैले उनलाई मलाई किन चुलबुलको भूमिका नदिएको भनेर सोधेको थिए।

    उनले ममा चुलबुल भन्दा पनि मख्खी देखेको बताए। त्यो ‘जाने तु..या जाने ना’मा गरेको भूमिकाको विस्तारित रूप थियो’ उनले भने, ‘उनी रणदीप होडा वा इरफान खानमध्ये एकलाई खेलाउन चाहन्थे। भलै, कसैलाई पनि तय गरिएको थिएन।मैले सिनेमामा लगानी गर्ने प्रस्ताव गरें र उनलाई सिनेमामा सलमान खानलाई पाण्डेजी बनाए के हुन्छ भनेर सोधे।

    हाल सलमान खान आफ्नो हिट एक्सन फ्रान्चाइज ‘दबंग’को तेश्रो भागमा काम गरिरहेका छन्। सिनेमाको पहिलो भाग सन् २०१० मा रिलिज भएको थियो।सिनेमालाई डेब्यू निर्देशक अभिनव कश्यपले निर्देशन गरेका थिए भने निर्माता थिए उनकै भाइ अरबाज खान।

    हाल बनिरहेको ‘दबंग ३’ भने सो सिनेमाको प्रिक्वल हो। यस प्रिक्वलमा सलमान खान कसरी रविनहुड स्वभावको चुलबुल पाण्डे बन्छन् भन्ने देखाइनेछ। सिनेमामा उनको स्थानिय गुण्डाबाट प्रहरी बन्दासम्मको यात्रा देखाइनेछ।

    हाल सिनेमाको काम चलिरहेको छ। यस्तोमा सिनेमालाई लिएर नयाँ र रोचक कुराको खुलासा भएको छ। सो खुलासाका अनुसार चुलबुल पाण्डेको भूमिकाका लागि सलमान खान पहिलो रोजाइमा थिएनन्।

    उनी त्यो सुन्ने बित्तिकै उत्साहित भए अनि बाँकी कुराहरू फटाफट सोचेजस्तै गरी भए।’ पछिल्लो सिनेमालाई प्रभुदेवाले निर्देशन गरिरहेका छन्। सिनेमामा कन्नड स्टार खिचा सुदिप खलनायक बनेका छन्।सिनेमा यसै वर्षको क्रिसमसमा रिलिज हुनेछ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast