बुधबार, भाद्र ४, २०७६
    बैंक-बीमा

    बेलायती बैंक एचएसबीसीले ४ हजार रोजगारीका अवसर कटौति गर्ने

    सोमबार, २० श्रावन २०७६, आहाखबर

    लण्डन, बेलायत, २० साउन 

    बेलायती बैंक एचएसबीसीले चार हजार रोजगारीका अवसरलाई कटौति गर्ने सोमबार सार्वजनिक एक घोषणामा उल्लेख छ । 

    एचएसबीसीका प्रमुख कार्यकारी अधिकृत जोन फ्लिन्टले बैंकलाई नयाँ आर्थिक सङ्कटबाट जोगाउन बैंकले आफ्नो सेवाका लागि उपलब्ध गराउँदै आएका चार हजार जागिरका अवसरलाई घटाउने बताउनुभएकोे हो ।

    “हामीले बैंकलाई पुन : संरचना गर्ने उद्देश्यले हाम्रो सम्पूर्ण श्रमशक्तिको दुई प्रतिशत अर्थात् चार हजार पदलाई हटाउन लागेका छौँ,” बैँकका प्रमुख आर्थिक अधिकृत एवेन स्टेभेनले बताउनुभयो ।

    उहाँले रोजगारी कटौति अन्तर्गत बैंकले उच्च पदलाई व्यवस्थापन गर्न लागेको पनि बताउनुभयो । बेलायतले यूरोपेली यूनियन (इयू) बाट बाहिरिने तयारी गरिरहेका समय बैँकले उक्त निर्णय गरेको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast