सोमबार, असोज २७, २०७६
    शेयर बजार

    आजपनि शेयर बजारमा ५ अंककाे गिरावट

    सोमबार, २० श्रावन २०७६, आहाखबर

    काठमाडौं, २० साउन ।  

    साेमबार नेपाल स्टक एक्सचेन्ज 'नेप्से'मा ४ दशमलव ५५ अंककाे गिरावट आएकाे छ । सेन्सेटिभ इन्डेक्ससमेत शून्य दशमलव ७७ अंकले घटेको आजको कारोबार समग्रमा करिब ५ अंकले गिरावट आएको हो ।

    आज नेप्से ४ दशमलव ५५ अंकले घटेर १ हजार २ सय ५५ दशमलव ०९ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक शुन्य दशमलव ७७ अंकले घटेर २ सय ७१ दशलमव ०१ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

    आज १ सय ६७ कम्पनीको १५ लाख ५ हजार ५०६ कित्ता शेयर खरिदबिक्री भई ४४ करोड ३२ लाख ५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारमा सबैभन्दा बढी नेपाल बैंकको भएको छ । जसको कारोबार आज २ करोड ६९ लाख ७८ हजार रुपैयाँ बराबरको भएको छ । 

    यस दिन सर्वा्िधक कमाउनेमा स्वाभिमान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ४ दशमलव ०४ प्रतिशतले बढेको छ । साथै सर्वा्िधक गुमाउनेमा स्पर्श लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ९ दशमलव ९१ प्रतिशतले घटेको छ । 

    यस दिन ११ वटा उपपरिसुचकहरुमा निर्जीवन बीमा र म्युचल फण्डमात्र बढेको छ भने बाँकी सबै समूहहरु घटेका छन् ।  

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast