काठमाडौँ, २० साउन
नेइमारलाई ब्रजिलले राष्ट्रिय फुटबल टिमको कप्तानबाट हटाएको छ ।
आगामी महिना हुने कोपा अमेरिका फुटबल प्रतियोगितामा अब डिफेन्डर ड्यानी अल्भेसले ब्रजिलको कप्तानी गर्नेछन् ।
२७ वर्षीय फरवार्ड नेइमारलाई ८ महिनाअघि कप्तानको जिम्मेवारी दियएको थियो। तर अनुसासनका कारण उनलाई कप्तानबाट हटाइएको प्रशिक्षक टिटेले बताएका छन्।
३६ वर्षीय अल्भेसले कोपा अमेरिकाअघि कतार र होन्डुरसविरुद्धको मैत्रीपूर्ण खेलमा पनि ब्रजिलको कप्तानीमा गर्नेछन् । आगामी १४ जुनदेखि ७ जुलाई सम्म हुने कोपा अमेरिका २०१९ फुटबल प्रतियोगिताका लागि ब्राजिलले राष्ट्रिय टिम घोषणा भइसकेको छ।
कोपा अमेरिकामा यसपटक १२ टिमबीच प्रतिस्पर्धा हुँदैछ। एसियाका जापान र कतारलाई आमन्त्रित टिमको रुपमा कोपा अमेरिकामा स्थान दिइएको छ। यी बाहेक १० वटा दक्षिण अमेरिकी टिमबीच प्रतिस्पर्धा हुँदैछ।
समूह 'ए' मा आयोजक ब्राजिलसहित बोलिभिया, भेनेजुएला र पेरु छन्। समूह 'बी' मा अर्जेन्टिना, कोलम्बिया, पाराग्वे र कतार छन्। यसैगरी समूह 'सी' मा उरुग्वे, इक्वेइडर, जापान र चिली छन्। तीन समूहमा शीर्ष २ र उत्कृष्ट तेस्रो हुने २ टिम क्वार्टरफाइनलमा पुग्नेछन्।
४६ औं संस्करणको कोपा अमेरिकाको उद्घाटन खेल १४ जुनमा आयोजक ब्राजिल र बोलिभियाबीच प्रतिस्पर्धा हुनेछ। यसअघि सन् २०१६ मा भएको पछिल्लो संस्करणको विजेता चिली हो। चिलीले फाइनलमा अर्जेन्टिनालाई हराएर लगातार दोस्रो पटक उपाधि जितेको थियो।
कोपा अमेरिका खेलका लागि ब्राजिलियन टिम
गोलकिपर - एलिन्सन (लिभरपुल), एडर्सन (म्यानचेस्टर सिटी), कासियो(कोरिनथियन्स)
फरवार्ड - डेभिड नेरेस (अयाक्स), रिचार्डिलिसन (इभर्टन), रोबर्टो फिर्मिनो (लिभरपुल), गाब्रियल जेसस (म्यानचेस्टर सिटी)
डिफेन्डर- ड्यानी अल्भेस (पिएसजी), फाग्नर (कोरिनथियान्स), एलेक्स सान्दो(युभेन्ट्स), फिलिप लुइस (एट्लेटिको म्याड्रिड), थियागो सिल्भा (पिएसजी), मार्क्युनोस (पिएसजी), मिरान्डा(इन्टर मिलान), इडर मिलिटाओ(एफसी पोर्टो)
मिडफिल्डर- कासेमिरो (रियल म्याड्रिड), फर्डिनान्डो (म्यानचेस्ट सिटी), अर्थर (बार्सिलोना), एलान (नापोली), पाक्युटा (एसी मिलान), फिलिप काउटिन्हो (बार्सिलोना), नेइमार (पिएसजी), एभर्टन (ग्रिमिरो)
+977-01- 4111671, 2110057
aahakhabar@gmail.com