शुक्रबार, मंसिर २७, २०७६
    स्कुल-कलेज

    नर्सिङ पढाउन सय शैयाको अस्पताल सञ्चालन गर्नुपर्ने

    सोमबार, २० श्रावन २०७६, आहाखबर

    काठमाडौँ, २० साउन 

    नर्सिङ पढाउका लागी अब कलेजले १ सय शैयाको अस्पताल सञ्चालन गर्नुपर्ने भएको छ ।

    ५० शैया सञ्चालनका लागि स्वीकृति लिएका अस्पताल देखाएर ४० जना विद्यार्थी पढाउँदै आएका कलेजलाई नेपाल नर्सिङ परिषद्ले आर्थिक वर्ष २०७७/७८ भित्रमा आफ्नै एक सय शैया अस्पताल सञ्चालन गर्न निर्देशन दिएको हो ।

    ‘५० शैया मात्र स्वीकृत भएको सरकारी वा निजी अस्पताल देखाएर ४० जना विद्यार्थी भर्ना भई सञ्चालनमा रहेको सम्पूर्ण नर्सिङ कलेजलाई आफ्नै सय शैयाभन्दा माथिको अस्पताल व्यवस्था गर्नुपर्ने निर्देशन दिएको छ ।

    नभए विद्यार्थीको सिटसंख्या कटौती गरिनेछ,’ परिषद्ले साउन २ गते गरेको निर्णयमा भनिएको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast