मंगलवार, भाद्र ३, २०७६
    आर्थिक खबर

    आज प्रतिताेला १५ सयले बढ्याे सुनकाे मूल्य, कति पुग्याे ताेलाकाे ?

    सोमबार, २० श्रावन २०७६, आहाखबर

    काठमाडाैं, २० साउन ।

    आज पनि नेपाली बजारमा सुनकाे मूल्य बढेकाे छ । सुनको भाउ सोमबार एकैदिन तोलामा १५ सय रुपैयाँ बढेको हाे ।

    सुनको भाउ सोमबारका लागि तोलाको ६७ हजार ८ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । यो भाउ अहिलेसम्मकै उच्च हो ।

    आइतबार सुन तोलामा ६६ हजार ३ सय रुपैयाँ थियो । शेयर बजार कमजोर भएकाले अन्तर्राष्ट्रिय बजारमा महंगो भएकाले नेपालमा पनि भाउ बढेको सुनको मूल्य निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले बताउनुभयो ।

    यस्तै, भारत र पाकिस्तानको तनाब बढेपछि भारतीय मुद्रा कमजोर भएकाले नेपालमा पनि त्यसको असर परेको संयोजक शाक्यले बताउनुभयो । यसैबीच भाउ बढेर कम मात्रै बिक्री हुन थालेपछि ब्यापारीले बैंकसँग पनि सुन किन्न छाडेका छन् । 

    दैनिक २० किलोसम्म बैंकसँग सुन किन्न पाउने ब्यापारीले अहिले भएको सुन पनि बिक्न छोडेको बताएका छन् । सोमबार चाँदीको भाउ पनि बढेर तोलामा ७ सय ९५ रुपैयाँ तोकिएको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast