आईतवार, भाद्र ८, २०७६
    मुभी-थिएटर

    ४० करोड पारिश्रमिक दिदां पनि विजयले रिमेकमा काम गर्न मानेनन्

    सोमबार, २० श्रावन २०७६, आहाखबर

    काठमाडौँ, २० साउन 

    करण जोहरको ४० करोड भारूको प्रस्ताव तेलेगु अभिनेता विजय देवराकोंडाले अस्वीकार गरेका छन् । विजय 'अर्जुन रेड्डी' सिनेमाका अभिनेता हुन् । शाहिद कपुर स्टारर 'कबीर सिंह' यहि सिनेमाको हिन्दी रिमेक हो।

    विजयले हालै रिलिज भएको 'डियर कमरेड' सिनेमाको हिन्दी रिमेकका लागि करणले दिएको ४० करोड भारू पारिश्रमिकको प्रस्ताव लत्याएका हुन् । करणले यस सिनेमाको हिन्दी रिमेक राइट केहि दिन अगाडी ६ करोड भारूमा किनेका थिए ।

    करणको ४० करोडको प्रस्ताव अस्वीकार गरेको स्वयं विजयले खुलासा गरेका हुन्। करणले यस सिनेमाको राईट रिलिज अगाडि नै हेरेर किनेका थिए।

    एक अन्तरवार्तामा विजयले आफू दुई-दुई पटक एउटै कथामा काम गर्न उत्सुक नरहेकाले सिनेमाको अस्वीकार गरेको बताएका हुन्।

    यसअघि विजयलाई 'कबीर सिंह'को हिन्दी रिमेक खेल्ने प्रस्ताव पनि गरिएको थियो जसलाई उनले अस्वीकार गरेका थिए। उनले अस्वीकार गरेपछि सिनेमा शाहिदको पोल्टामा गएको हो।

    'हिन्दी सिनेमा काम गर्नु रोचक हुन्छ तर म हिन्दी र तेलेगु दुबैमा हुने सिनेमा गर्न चाहन्छु' उनले भने। त्यसैगरी उनले रिमेकमा काम नगरेपनि बलिउड सिनेमाका केहि स्क्रिप्टहरू पढिरहेको र मनपरेमा ती सिनेमामा काम गर्ने बताए।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast