मंगलवार, भाद्र ३, २०७६
    खेल संसार

    ग्लोबल टी–२० लिग : सन्दीप आवद्ध टोरन्टोको दोस्रो जित

    सोमबार, २० श्रावन २०७६, आहाखबर

    काठमाडाैं, २० साउन ।

    नेपाली राष्ट्रिय क्रिकेट टाेलिका लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित टोरन्टो नेशनल्सले मोन्टरियल टाइगर्सलाई ४ विकेटले पराजित गर्दै ग्लोबल टी–२० लिगमा दोस्रो जित निकालेको छ। ग्लोबल टी–२० को टिम टोरन्टो नेसन्समा आवद्ध नेपाली स्पिनर सन्दीपले मोन्टेरियल टाइगर्सविरुद्धको खेलमा यसअघिको खेलमा भन्दा सुधारीएको प्रदर्शन गरेका हुन् ।

    उनले मोन्टेरियलविरुद्ध ४ ओभर पुरा बलिङ गर्दै २८ रन खर्चिएर १ विकेट हात पारे । सन्दीपले ‘सुधारिएको’ प्रदर्शन गरेको खेलमा टोरन्टो नेसन्सले मोन्टेरियल टाइगर्सविरुद्ध ४ विकेटको जीत हात पारेको छ ।

    पाँच खेलको समाप्तीमा सन्दीपको टीम ३ खेलमा हार र २ मा जित निकाल्दै ४ अंकका साथ चौंथो स्थानमा रहेको छ। कुल ६ टिम सहभागि प्रतियोगितामा ४ जितसहित ब्राम्टन ओल्भेस शिर्ष स्थानमा रहेको छ । टस जितेर पहिले ब्याटिङ गरेको टाइगर्सले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३६ रन बनाएको थियो।

    सन्दीप अन्य बलरको तुलनामा मँहगो बनेपनि उच्च स्कोर बनाउनबाट टाइगर्सलाई रोक्न नेशनल्सका बलरहरु सफल भएका थिए। ओपनर काइल कोट्जरले सर्वाधिक २६ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान दिन सकेनन्।

    टोरन्टोका लागि सन्दीप लामिछानेले ४ ओभरमा २८ रन खर्चेर १ विकेट लिए। उनले १६ औं ओभरको पहिलो बलमा म्याट क्रसलाई एलबीडब्लु धरापमा पारेका थिए।  अघिल्लो दिन सन्दीप महँगो सावित हुँदा टोरन्टो पराजित हुन पुगेको थियो।

    टोरन्टोका लागि क्रिस गरिन र सलमान नाजारले समान २ विकेट लिए। जवाफमा चिराग सुरीको अर्धशतक र ग्रीनको संयमित ब्याटिङमा टोरन्टोले १८ औं ओभरमा ६ विकेट गुमाएर जित दर्ता गर्यो। चिरागले ३७ बलमा ५२ रन जोडे। उनले ७ चौका र १ छक्का प्रहार गरेका थिए। ग्रीनले २९ बलमा २ चौका र १ छक्कासहित नटआउट ३० रनको योगदान दिए।

    यसअघि शनिबार राति भएको बह्मटोन बोभ्सविरुद्धको खेलमा सन्दीप निकै महँगा सावित भएका थिए । ग्लोबल टी–२० को यो सिजनमा पहिलो खेलमा मैदान उत्रिएका सन्दीपले ४ ओभर बलिङ गर्दै ४४ रन खर्चेर १ विकेट हात पारेका थिए । तर, दोस्रो खेलमा उनले रनमा नियन्त्रण गर्न सफल भएका छन् । यो सँगै ग्लोबल लिगमा उनले २ विकेट हात पारेका छन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast