आईतवार, भाद्र ८, २०७६
    ओएमजी Omg!

    कोकाकोला खाएपछि तपाईको शरीरमा के–के हुन्छ ?

    सोमबार, २० श्रावन २०७६, आहाखबर

    एजेन्सी, २० साउन ।

    ब्रिटेनका पूर्व फार्मास्टिक नीरज नाइकले आफ्नो एक ब्लगमा कोल्ड ड्रिंक्स खाएपछि शरीरको भित्र हुने प्रभावका बारेमा केही कुरा बाहिर ल्याएका छन् ।

    उनले यस ब्लगमा कोकाकोला खाएकोडेली मेलका अनुसार नाइकले एक ग्राफिकका माध्यमबाट बताएका छन् कि कोल्ड ड्रिंक्सले शरीरको आवश्यक खनिज पदार्थ बाहिर ल्याउँछ र मानिस मानसिक र शारीरिक रुपमा बदलिन थाल्दछ ।

     

    पहिलो १० मिनेट

    जब तपाई एउटा कोकाकोला खानुहुन्छ तब तपाईको शरीरमा १० चम्चा चिनी भित्र जान्छ । योमात्रा २४ घण्टामा लिएको चिनीको मात्रा बराबर हुन्छ । अचानक यति मिठो खाइपछि तपाईलाई बान्ता पनि हुन सक्छ तर त्यसमा मिसीएको फास्टोरिक एसिडका कारण यसो हुँदैन ।

     

    २० मिनेटपछि

    कोक आएको २० मिनेटपछि खाने मानिसको ब्लड सुगर एकदमै बढ्छ ।
    जसका कारण शरीरको लिबरले शरीरमा प्रतिक्रिया गर्छ र माटोपना बढ्न जान्छ ।

     

    ४० मिनेटपछि

    त्यसपछि उसको शरीरमा क्याफिनको मात्रा छिट्टै बढ्दै जान्छ । अर्कोतर्फ ब्लड प्रेसर पनि बढ्दै जान्छ । जसका कारण तपाईको लिबरले रगतमा अझ बढी चिनीका मात्रा पुर्याउँछ । अनि मस्तिष्कमा रगत जान कम हुन्छ ।

     

    ४५ मिनेटपछि

    त्यसपछि तपाईको शरीरलाई मादक पदार्थ सेवन गरेको जस्तो लाग्दछ । शरीरले डोपामाइनको उत्पादन बढाउँछ र दिमागको खुसी दिने भाग सक्रिय बनाउँछ ।

     

    ६० मिनेछपछि

    खाएको १ घण्टापछि तीन प्रक्रिया हुन्छ ।

    १. फास्फोरिक एसिडले तपाईको शरीरको भित्रि भागमा क्याल्सियम, मेग्निसियम र जिंकलाई एकस्थानमा जम्मा पार्छ । जसका कराण मेटाबोजिल्म बढ्छ । चिनी र अन्य आर्टिफिसियल मिठासको बढ्दो मात्राका कारण मेटाबेल्जिक अरु बढ्छ । यसपछि मानिस पिशाब फेर्न जानछन् र केल्सियम बाहिर निक्लिन्छ ।

    २. क्याफिनलाई तरल बनाउने गुणले असर देखाउन थाल्छ । अनि तपार्यलाई पटकपटक पिशाब लाग्न थाल्छ ।
    जसका कारण तपाईको शरीरबाट क्याल्सियम, मेग्निसियम र जिंक र सोडियम बाहिर जान्छ जुन तपाईको हड्डीमा जानुपर्ने हो ।

    ३. जसरी यो प्रक्रिया हुन्छ । मिठोपनको असर बढ्दै जान्छ । अनि तपाई अल्छी बन्न थाल्नुहुन्छ । कोकमा भएको पानी यूरिनद्धरा बाहिर निक्लन्छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast