बिहिवार, मंसिर २६, २०७६
    खेल संसार

    यू-१९ क्रिकेट टिमले श्रीलंकामा तयारी गर्ने

    आईतवार, १९ श्रावन २०७६, आहाखबर

    काठमाडौँ, १९ साउन

    एसीसी यू-१९ एसिया कपका लागि नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टिमले श्रीलंकामा तयारी गर्ने भएको छ ।

    श्रीलंकामा आयोजना हुने एसिया कपका लागि नेपालले पहिलो चरणको तयारी टियु क्रिकेट मैदानमा गर्नेछ । तर, नेपालले अन्तिम चरणको तयारी भने श्रीलंकामा गर्ने गृहकार्य सुरु गरेको छ । 

    एसियन क्रिकेट काउन्सिल (एसीसी) को नेपाल प्रतिनिधि भावना घिमिरेले नेपाली टोलीको अन्तिम तयारी श्रीलंकामा गर्ने तयारी भईरहेको जानकारी दिईन् । जसका लागि एसीसीसँग छलफल भईरहेको घिमिरेले बताईन् ।

    'नेपाली टोलीले पहिले काठमाडौंमा क्याम्प गर्ने छ,' खेलपाटीसँग कुरा गर्दै घिमिरेले भनिन्, 'अभ्यास खेलको लागि भने श्रीलंका जाने कुरा भईरहेको छ । एसीसीसँग छलफल भईरहेको छ । तर, निश्चित भएको छैन ।'

    एसीसीले अनुमति दिएपछि प्रतियोगिताका लागि नेपाली टिम एक साता भन्दा अघि नै श्रीलंका जाने घिमिरेले बताईन् । घिमिरेले नेपाली टिमले श्रीलंकामा ७ देखि ८ दिनसम्म विशेष तयारी गर्नेछ ।

    प्रतियोगिता नजिकिदै गर्दा नेपाली टोलीले भने तयारी अझै सुरु गरेको छैन । तर, घिमिरेले नेपालले केहि दिनपछि क्याम्प सुरु गर्ने बताईन् ।

    टियु क्रिकेट मैदानमा उम्रिएको घाँस र मैदान अभावको कारण नेपाली टिमले तयारी गर्न सकिरहेको छैन । राष्ट्रिय खेलकुद परिषदले टियु मैदानको घाँस काट्न सुरु गरेपनि मैदान तयार हुन अझै ३-४ दिन लाग्ने छ ।

    नेपाल गत महिना मलेसियामा सम्पन्न एसीसी यू–१९ इन्टर्न रिजनको उपाधि जितेर नेपाल एसिया कपमा छनोट भएको थियो । मलेसियामा भएको प्रतियोगितामा हङकङलाई ६ विकेटले पराजित गर्दै नेपालले उपाधि जितेको थियो ।

    आगामी सेप्टेम्बर ३ देखि १५ सम्म आयोजना हुने यू-१९ एसिया कपमा भारतसँगै नेपाल, श्रीलंका, बंगलादेश, अफगानिस्तान, पाकिस्तान, कुवेत र युएई गरि आठ राष्ट्रले प्रतिस्पर्धा गर्ने छन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast