बुधबार, कार्तिक ६, २०७६
    कला-सौन्दर्य

    राखीले स्विकारिन् बेलायतमा बस्ने एनआरआईसँग गुपचुप गरेको बिहे

    आईतवार, १९ श्रावन २०७६, आहाखबर

    काठमाडौँ, १९ साउन ।

    बलिउडकी 'कन्टोभर्सी क्विन' राखी सावन्तले आफूले गुपचुप बिहे गरेको स्वीकार गरेकी छिन् । शुरुमा उनले बिहे गरेको अस्वीकार गरे पनि अन्ततः उनले आफूले गुपचुप बिहे गरेको स्विकारेकी हुन् ।

    हालै उनले एउटा अन्तर्वार्तामा आफूले विवाह गरेको खुलासा गरेकी हु न्। उनले भनिन्, 'म निकै डराएकी थिएँ, हो मैले विवाह गरेकी हुँ ।' उनले थप्दै भनिन्, 'मेरो श्रीमानको नाम रितेश हो । उहाँ एनआरआई हो र बेलायतमा बस्नु हुन्छ । उहाँ अहिले बेलायत फर्किसक्नु भयो । मेरो भिसाको प्रक्रिया चलिरहेको छ । म पनि छिटै उहाँसँग बेलायत जानेछु ।'

    राखीले बताए अनुसार उनको पति रितेश उनको फ्यान थिए । रितेशले उनलाई ह्वाट्सएपमा म्यासेज गर्दथे । करिब डेढ साल डेट गरेपछि रितेशले राखीसामु प्रेम प्रस्ताव राखेका थिए । राखीले रितेशलाई पहिलो पटक बिहेको १५ दिनअघि मात्र भेटेको दाबी गरेकी छन् ।

    साथै राखीले यति राम्रो पति पाएकोमा जिजस क्राइस्टलाई धन्यवाद समेत दिएकी छिन्। 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast