शनिबार, श्रावन ३२, २०७६
    बिदेश

    अमेरिकाको टेक्सस् गोली काण्डमा २० को मृत्यु

    आईतवार, १९ श्रावन २०७६, आहाखबर

    काठमाडौँ, १९ साउन । 
    अमेरिकाको टेक्ससस्थित एक व्यापारिक केन्द्रमा भएको गोली काण्डमा २० जनाको मृत्यु भएको छ । अन्य २६ जना घाइते भएको प्रहरीले जनाएको छ । 

    दिउँसो धेरै मानिस बजारका लागि निस्कने समयमा व्यापारिक केन्द्रमा गोली काण्ड भएको हो । गोली काण्डमा प्रहरीले डलासको काँठ क्षेत्र भनिने एलिनका बासिन्दा २१ वर्षीय युवकलाई पक्राउ गरेको छ । 

    गोली प्रहार शुरु भएको केही मिनेटमा नै प्रहरी घटना स्थलमा पुगेको र युवकलाई पक्राउ गर्न सफल भएको सिएनएनले जनाएको छ । 

    मृत्यु हुनेमा तीन मेक्सिकन रहेका छन् । अमेरिकामा आम मानिसले बन्दुक राख्न पाउने व्यबस्थाका कारणा यस्ता घटना धेरै हुने गरेको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast