काठमाडौँ, १८ साउन
प्राय मनिसहरुले खाना खानसाथ फलफुल खानुपर्छ भन्ने गरेको सुनिन्छ पाइन्छ । तर खाना खानसाथ फलफुल खान स्वास्थ्यको हिसावले राम्रो हुँदैन यस्तो गर्दा पेट ढूस्स हुने लगायत ग्यास्ट्रिक को समस्या देखिन सक्छ ।
त्यसैगरी खाना पश्चात लगत्तै जस्तो चिया वा कफि पिउनु पनि राम्रो होइन । कतिपय चिया वा कफीको शौकिन हुन्छन् त्यसैले खाना पछि पनि पिउने गर्छन् जो शरीरको लागि हानिकारक हुन्छ ।
खाना खाए पश्चात नुहाउनु पनि स्वास्थ्यको हिसावले राम्रो हुँदैन । समयको अभाव र अधिक गर्मिका कारण कसैकसैले यसो गरेको पाइन्छ जुन राम्रो होइन ।
यस्तो गर्दा पेटको चारैतर्फ रक्तसंचार बढि हुन जान्छ र पाचन प्रक्रिया सुस्त हुन्छ । धुम्रपान यसैपनि राम्रो होइन । अझ खाना पश्चात लगतैको धुम्रपानले झनै ठूलो असर गर्दछ । धुम्रपानले जुनसुकै अवस्थामा गर्दा पनि शरिरलाई नोक्सान गर्दछ । तर खाना खानसाथ धुम्रपान गर्नाले ज्यानै जान सक्ने खतरा हुन्छ । साथै यसले गर्दा क्यान्सरको संभावना धेरै गुणा बढ्न सक्छ ।
खाना खाए पश्चात सुत्नु पनि राम्रो होइन । नेपालमा धेरै व्यक्तिहरु बेरोजगारका कारण केही काम नहुने हुँदा खाना खानसाथ धेरै लाई सुत्ने बानि हुन्छ ।
यस्तो बानि ज्यादै खतरनाक हुन्छ । यस्तो गर्दा खाना राम्रो सँग पाचन हुन पाउँदैन यसले गर्दा मोटाउने, ग्यास्ट्रिकको समस्या हुन जान्छ ।
+977-01- 4111671, 2110057
aahakhabar@gmail.com