मंगलवार, भाद्र ३, २०७६
    खेल संसार

    आईसीसी टी–२० बरियता : नेपाल ११ औं स्थानमा यथावत

    शनिबार, १८ श्रावन २०७६, आहाखबर

    काठमाडौँ, १८ साउन 

    अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले शनिबार सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल यथा स्थानमा रहँदै ११ औं स्थानमा रहेको छ । 

    नेपालले हालै मलेसियासँग खेलेको दुईवटा टी–२० सिरिजमा क्लिन स्विप र सिंगापुरमा सम्पन्न आईसीसी टी–२० विश्वकप छनोट अन्तर्गतक एसियाली छनोट खेलेपनि वरियतामा सुधार गर्न सकेन । 

    नयाँ वरियताअनुसार नेपालले १४ खेलबाट दुई सय एक अक पाएको छ । एसोसिएट देशमा भने नेपाल शीर्ष स्थानमा छ । नेपाल शीर्ष स्थानमा छ ।

    नेपालले एसोसिएटमा जिम्बाबे र आयरल्यान्डलाई पछि पारेको छ । टी–२० को समग्र बरियतामा पाकिस्तान शीर्ष स्थानमा छ । 

    दोस्रोमा इङ्ल्यान्ड, तेस्रोमा दक्षिण अफ्रिका, चौथोमा भारत र पाँचौ स्थानमा न्युजिल्यान्ड रहेको छ । यसैगरी आईसीसीको एकदिवसीय बरियतामा पनि नेपाल यथास्थानमा छ । 

    नेपाल अघिल्लो महिनाजस्तै समग्रमा १५ औं स्थानमा छ । एक दिवसीयको शीर्ष बरियतामा विश्वकप विजेता इङ्ल्यान्ड, दोस्रोमा भारत, तेस्रोमा न्युजिल्यान्ड, चौथोमा अष्ट्रेलिया र पाँचौं स्थानमा दक्षिण अफ्रिका रहेका छन् । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast