शनिबार, मंसिर २१, २०७६
    आर्थिक खबर

    तरकारीको भाउ १५ प्रतिशत महंगियाे, अनुगमन नहुदा उपभोक्ता आक्रोशित

    शनिबार, १८ श्रावन २०७६, आहाखबर

    काठमाडौँ, १८ साउन 

    काठमाडौंको थोक बजारको आधारमा हेर्ने हो भने दुई महिनामा तरकारीको मूल्य १५ प्रतिशतले महंगो भएको छ ।

    यो मूल्यबृद्धिले ढाड सेकेपछि उपभोक्ताको आक्रोश हो । वर्षाका कारण उत्पादनै घटेको, ग्रामीण क्षेत्रका सडक बिग्रिदा ढुवानी रोकिएको र किसानले नै उच्च मूल्यमा बिक्री गर्न थालेपछि मूल्य बढेको व्यवसायीको तर्क छ । कालीमाटीकै थोक बजारमा प्रतिकेजी ९८ रुपैयाँ पाइरहेको ठुलो गोलभेडा छेउकै खुद्रा बजारमा एकसय २५ रुपैया तिर्नुपर्छ । अन्य तरकारी मूल्य पनि अचाक्ली नै बढेको छ ।

    बर्खाको बेला तरकारीको सामान्य भाउ बढ्नु स्वाभाविक नै हो । तर, दुई महिनाको अन्तरमा यति धेरै मूल्यबृद्धि हुनु पक्कै पनि स्वभाविक होइन ।

    तरकारीको भाउमा मुल्य वृद्धि भएको विषय सडक देखि सदन सम्म बहस छ । गत विहिवार बसेको राष्ट्रिय सभाको बैठकमा संसादहरुले चरम महँगीमा पर्दा सरकारले बजार नियन्त्रण गर्न नसकेको आरोप लगाएका छन् । 

    यता,उपभोक्ता अधिकारकमीहरु पनि अप्राकृतिक मूल्यबृद्धिमा बिचौलियाको दादागिरी र सरकारको निरिहता देखिएको आरोप लगाउँछन् । सरकारले खुद्रा तरकारी पसलमा अनुगमन र मूल्य विश्लेषण नगर्दा जति नै महंगो भएपनि तरकारी किन्न सर्वसाधारण बाध्य छन् ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast