आईतवार, भाद्र ८, २०७६
    ब्राण्ड/संगठन

    राज ब्रुअरीको फड्को

    विश्व प्रसिद्ध ‘बडवेएजर’ र ‘फोस्टर्स’ बियरको उत्पादन अब नेपालमै हुने

    शनिबार, १८ श्रावन २०७६, आहाखबर

    काठमाडौं, १८ श्रावण । 

    राज ब्रुअरी प्रालि र विश्व प्रसिद्ध बियर निर्माता एन्ह्युजर–बस्क इनबेभबीच विश्वका केही ख्यातिप्राप्त बियर ब्राण्डहरुको उत्पादन तथा त्यसको बोतल बनाउने सम्बन्धमा एक विशेष साझेदार सहकार्य सम्झौता सम्पन्न भएको छ । 
    सो अवसरमा बोल्दै जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजका प्रबन्ध निर्देशक राज बहादुर शाहले आफ्ना उपभोक्ताहरुलाई विश्वमै उत्कृष्ट मानिएका बियरहरुको अतुलनीय छनौट प्रदान गर्दै सर्वोत्कृष्ट श्रेणीका ब्राण्डहरुको सूची कायम रहने आफूहरुको प्रयास रहेको उल्लेख गर्नुभयो । 

    राज ब्रुअरीले सन् २०१८ देखि नै जर्मनीको प्रसिद्ध ब्राण्ड बार्सटेनर प्रिमियम जर्मन बियरको बोटलिङ र उत्पादन गर्दै आइरहेको छ, जुन बियरलाई नेपालका बियर प्रेमीहरुले अत्यन्त कम समयमा नै अभिन्न हिस्सा बनाइसकेका छन् । 

    यसैबीच, अब यस क्षेत्रले चाँडै नै एबि इनबेभका (स्थानीयरुपमै उत्पादन गरिएका) केही ख्यातिप्राप्त  ब्राण्डहरु जस्तैः बडवेएजर, बडवेएजर म्याग्नम, फोस्टर्स गोल्ड र फोस्टर्स लागरका साथसाथै आयात गरिएका एबि इनबेभको आफ्नै विश्वव्यापी उत्पादनहरु कोरोना एक्स्ट्रा, लेफे, होएगार्डेन र स्टेला अर्टोइजको अतुल्य स्वादको आनन्द लिन पाउने भएको हो ।  

    जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजको एक सदस्य प्रतिष्ठानका रुपमा रहेको राज ब्रुअरी नेपालको वेभरेज मार्केटमा उल्लेख्य नाम मानिन्छ । जावलाखेल ग्रुपको उत्पादनहरुको सूचीमा नेपालमै सबैभन्दा बढी बिक्री हुने ब्राण्डहरु जस्तै रुसलान, गोल्डेन ओक र ब्लु डायमण्ड लगायतका उत्पादनहरु पर्दछन् ।     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast