आईतवार, भाद्र १, २०७६
    कला-सौन्दर्य

    वेब सिरिज ‘ट्वान्टि फस्ट लभ’ को दोस्रो सिजन शुरु

    शनिबार, १८ श्रावन २०७६, आहाखबर

    काठमाडौँ, १८ साउन 

    युवा पुस्तामाझ लोकप्रिय लभ स्टोरी जनरामा निर्मित वेब सिरिज ‘ट्वान्टि फस्ट लभ’को दोस्रो सिजन साउन २५ गतेदेखि शुरु हुने भयको छ । 
     
    १ मिनेट ५६ सेकेन्ड लामो ट्रेलर सार्वजनिक गर्दै सिरिजमा प्रेम, बिछोड र धोका देखाइएको छ। 

    काठमाडौंमा शुक्रबार एक कार्यक्रम आयोजना गरी पहिलो सिजनको सफलतापछि ‘ट्वान्टि फस्ट लभ’को दोस्रो सिजन निर्माण गरिएको निर्माताको टिमले जानकारी दियको छ ।

    विभोर पोखरेल निर्देशित उक्त सिरिजमा संयोग गुरागाई, अनुष्का अधिकारी, स्नेहा पौडेल, रिजेन थापा, कविता आले, विक्रम तामाङ, शिव पौडेल, सुप्रिम पराजुली लगायतका कलाकारहरुको विभिन्न भूमिका निर्वाह गरेका छन् । यसअघिको सिरिजमा भने ‘कार्टुन क्रिउ’का सरोज अधिकारी र आश्मा विश्वकर्माले पनि अभिनय गरेका थिए । 

    यो वेब सिरिज युट्युब र नेट फ्लिक्समा सार्वजनिक हुँदैछ । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast