बुधबार, भाद्र ४, २०७६
    पर्यटन समाचार

    रारा पर्यटन वर्ष घोषणापछि होटल भरिभराउ

    शनिबार, १८ श्रावन २०७६, आहाखबर

    काठमाडौँ, १८ साउन । 
    जुम्लाको कनकासुन्दरी– ६ का जुप्रे बुढा झण्डै एक दशक पहिले देखि होटल व्यवसाय गर्दै आएका छन् । पहिला चिया चाउचाउ मात्रै बेचेरै मासिक पाँच हजार जति कमाई गर्थे । तर रारा पर्यटन वर्ष घोषणा पछि होटलको कमाई मनग्य हुन थालेको उनले बताए । त्यस्तै कनकासुन्दरी ५ का विरचन्द्र रावत ७ वर्ष पहिले होटल चलाउथे । कमाई राम्रो नभएपछि बीचमै छोडे । तर रारा पर्यटन वर्ष घोषणा गरेपछि पुन आएर होटल व्यवसाय शुरु गरेको रावतले बताए । उनका अनुसार पहिला कमाई नहुने मान्छे नआउने भएकोले बीचमै छोडे, तर अहिले दैनिक सयौ आन्तरिक तथा बाह्य पर्यटक आउछन् । 

    पहिला सुनसान देखिने गोठिज्युलाका साना ठुला होटल हिजो आज निकै बेस्थ भएका छन् । कर्णाली सरकारकाले २०७५ लाई कर्णाली सरकारले कर्णाली रारा पर्यटन वर्ष घोषणा गर्यो । त्यसपछि होटलमा पर्यटक आउन थाले, गोठिज्युला नाग्म गमगडी हुँदै रारा जाने पर्यटकहरूको संख्या बढ्दै गएको छ । विहान नेपालगन्ज सुर्खेतबाट गाडी चढेर जाँदा प्राय गोठिज्युलामा बाँस हुन्छ ।

    कमाई महिना ४० देखि ६० हजार सम्म हुने गरेको उनको भनाई छ । साथै नवदुर्गा बेस्ट होटलका सार्के बुढा ६ वर्ष पहिले बाट होटल व्यवसाय गर्दै आए रारा पर्यटन वर्षपछि मात्रै गोठिज्युलामा होटलको चहल पहल बढेको उल्लेख गरे । स्थानीय सरकार आए संगै र रारा पर्यटन वर्ष घोषणा गरेपछि कनका सुन्दरी गाउँपालिका केन्द्र गुठिज्युलामा होटल व्यवसाय फस्टाउदै गएका छन् । गोठिज्युलामा रहेका झण्डै ३ दर्जन बढी साना ठूला होटल अहिले दैनिक मनग्य आम्दानी गरिरहेमा समाचार कारोबारमा छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast