बिहिवार, मंसिर २६, २०७६
    खेल संसार

    मेस्सीलाई ५० हजार डलर जरिवाना, अन्तर्राष्ट्रिय खेलमा तीन महिना प्रतिबन्ध

    शनिबार, १८ श्रावन २०७६, आहाखबर

    काठमाडौँ, १८ साउन । 
    अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई तीन महिनाका लागि अन्तर्राष्ट्रिय फुटबल खेल्न प्रतिबन्ध लगाइएको छ । उनलाई अन्तर्राष्ट्रिय खेलमा प्रतिबन्ध लागेको हो ।

    कोपा अमेरिकामा अर्जेन्टिना पराजित भएपछि उनले प्रतियोगिता नै ‘भ्रष्ट’ भन्दै टिप्पणी गरेका कारण प्रतिबन्ध लगाइएको हो ।

    दक्षिण अमेरिकी फुटबल संघले उनी माथि ५० हजार डलर जरिवाना पनि लगाएको छ ।

    प्रतिबन्धका कारण मेस्सीले सेप्टेम्बर र अक्टोबरमा चिली, मेक्सिको र जर्मनीविरुद्धको मैत्रीपूर्ण खेल गुमाउने छन् । तर मेस्सीले क्लब फुटबल भने निरन्तर खेल्न पाउने छन् । 

    तीन महिनाको प्रतिबन्धमा परेका मेस्सीले आफूमाथिको सजायविरुद्ध आगामी एक साताभित्र अपिल गर्न सक्ने छन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast