सोमबार, भाद्र २, २०७६
    लाइफस्टाइल

    निन्द्रा नलागेर चिन्तित हुनुहुन्छ ? अपनाउनुहोस् यी उपाय !

    शुक्रबार, १७ श्रावन २०७६, आहाखबर

    काठमाडौँ, १७ साउन ।

    के तपाईँलाई राति अबेरसम्म निन्द्रा लाग्दैन ? यदि त्यसो हो भने अपनाउने गर्नुहोस् । यी उपायहरू जसले गर्दा छिटै सुत्ने बानी बसाल्नुका साथै छिटै निन्द्रा लागी निन्द्रा नलाग्ने समस्याबाट पनि मुक्ति दिलाउन सक्दछ । 

     

    छिटै निन्द्रा लाग्नका लागि अपनाउनुहोस् यी उपाय :

    ज्यादा भोजन वा खाली पेट नबस्ने बानी बसाल्नुपर्दछ । किनकि धरै खान र खाली पेटले गर्दा पनि निन्द्रा नलाग्ने समस्या उत्पन्न हुने गर्दछ  ।

    बेलुकी समयमा भारी खाने कुरा र मद्यपान, धूमपान, कफी आदि जस्ता पदार्थ सेवन नगर्ने ।

    एउटै समयमा सुत्ने र उठ्ने जस्ता बानीलाई कायम नै राख्ने ।

    सुत्नु भन्दा अगाडी नै नुहाउनुपर्छ । जसले गर्दा आराम भएको महसुस हुनका साथै मिठो र छिटै निन्द्रा लाग्ने गर्दछ ।

    शरीरलाई फुर्तिलो र ताजा बनाउनका लागी सधै जसो व्यायाम गर्ने बानी बसाल्ने । जसले गर्दा छिटै निन्द्रा लग्न मदत गर्दछ ।

    सुत्नु पहिले मन तातो पानी वा दूध पिउनुपर्छ । जसका कारण छिटै निदाउन सकिनेछ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast