सोमबार, मंसिर २, २०७६
    ब्राण्ड/संगठन

    टाटा मोटर्स कार्निभलको शुभारम्भ, गाडी खरिद गर्दा उपहारका साथै बिदेश घुम्ने अवसर

    शुक्रबार, १७ श्रावन २०७६, आहाखबर

    काठमाडौँ, १७ साउन 

    टाटा मोटर्सको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडीङले मिति  २०१९ अगस्ट १ मा रोमाञ्चक टाटा मोटर्स कार्निभल सुरु गरेको छ । टाटा मोटर्सले हरेक बर्ष मनाउँदै आएको कार मेलालाई यस बर्ष परिमार्जित रुपमा टाटा मोटर्स कार्निभल नाम दिएको हो । 

    यस अघि पनि सिप्रदी ट्रेडिङ्ग प्रा.लि ले टाटा कार मेलाको आयोजना गर्दे आएको थियो जसले  छैठँौ संसकरण सम्म आयोजना गरिसकेको छ । टाटा मोटर्स कार्निभल नेपालमा आयोजना हुने सबै भन्दा ठूलो र भब्य कार्यक्रम हो । प्रत्येक वर्ष टाटा मोटर्सले आयोजना गर्ने  एक्स्पोबाट टाटा मोटर्स ले ग्राहकहरुबाट निकै नै राम्रो प्रतिक्रिया प्राप्त गर्ने गरेको छ  । 

    ग्राहकले मेलामा गाडी खरिद र सट्टपट्टा गरेवापत लक्की ड्र अनुसार विभीन्न आकर्षक  उपहार पाउन सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार हरेक ग्राहकले गाडी खरिद गर्दा युरोप भ्रमण, एप्पल सेट र तीन लाख रुपैयाँ छुट मध्ये एउटा उपहार रोज्न सक्नेछन् । मेलामा ग्राहकले टाटाको गाडी खरिद तथा सटही गर्न सक्नुका साथै खेल, नृत्य, जादु, खाना लगायतको अनुभव लिन सक्ने कम्पनीले जनाएको छ।

    ग्राहकले मेलामा गाडी खरिद र सट्टपट्टा गरेवापत लक्की ड्र अनुसार विभीन्न आकर्षक  उपहार पाउन सक्ने कम्पनीले जनाएको छ ।

    उक्त कार्यक्रममा धेरै कुराहरुको लाभ लिन सकिने समेत आयोजक ले बताएको छ । यो कार्यक्रमले सुस्ताइ रहेको अटोमोबाइल बजारलाई जाग्रुक बनाइ ग्राहक माझमा एउटा नयाँ हर्ष र उल्लासको माहोल ल्याउनेमा पूर्ण विश्वास रहेका नेपालका लागि टाटा मोटर्स लिमिटेडका कन्ट्री म्यानेजर अजित नारायण सिंहले बताउनु भयो । यो कार्यक्रम मार्फत १५०० देखि २००० ग्राहक आगमनको अपेक्षा रहेको उहाँले बताउनु भयो ।   

    यस टाटा मोटर्स कार्निभलबाट बजारमा रहेको भन्दा आकर्षक छुट, अन्तराष्ट्रिय स्तरका उत्पादन र सेवा उपलब्ध गराई ग्राहकहरुलाई पूर्ण रुपमा सन्तुिष्ट र लाभ प्राप्त हुने विश्वास लिएको सिप्रदी ट्रेडिङ्ग प्रा.लिका सि.इ.ओ राजनबाबु श्रेष्ठ बताउनु हुन्छ । 

     

    लक्की ड्रबाट बुकिङ्गगर्दाको अफरहरु 

    कम्पनीले लक्की ड्र अन्तर्गत विजेतालाई बैंकक भ्रमण, सामसुङको ३२ इन्च टेलिभिजन, हुवावेको स्मार्ट फोन, दक्षिणकाली भिलेज रिसोर्टमा नाइट स्टे लगायत आकर्षक उपहार योजना राखेको जानकारी दिएको छ।  हरेक टेष्ट ड्राइभमा दुईवटा फ्रि मुभी टिकट र हरेक गाडी खरिदमा १० हजार रुपैयाँको सर्प्राइज गिफ्ट समेत दिनेछ।

     

    टाटा मोटर्सका बारे

    टाटा मोटर्स (वार्षिक) ४४ अर्व डलरको कारोबार गर्ने अन्तराष्ट्रिय कम्पनी र्हो  ।  यस कम्पनिले े कार, युटिलिटी गाडीहरु, वस, ट्रक अनि सुरक्षामाप्रयोग हुने गाडीहरु उत्पादन गर्छ । यो भारतको सवैभन्दा ठूलो अटोमोवाइल कम्पनी हा ।े यसको  ११० अर्व डलरको कारोवार रहेको छ । 

    १३४ सहायककम्पनीहरु मार्फत टाटा मोटर्स वेलायत, दक्षिण कोरिया, थाइल्याण्ड, दक्षिण अफ्रिका र इन्डोनेसियामा सञ्चालित छ । वेलायतको स्थापितज्यागुअर ल्याण्ड रोभर पनि टाटा मोटर्स अन्र्तगत उत्पादन हुन्छ ।  यसले दक्षिण कोरियामा टाटा डेउ नामक कार उत्पादन गर्छ ।  कम्पनीको भारतमा फियाटसँग संयुक्तऔद्योगिक भेन्चर– लगानीपनि रहेको छ  । टाटा मोटर्स (वस ट्रक जस्ता) कमर्शियल गाडीमा भारतीय वजारमा नेतृत्वदायी भूमिकामा छ । 

    टाटाका कार, बस र ट्रकहरु, युरोप, अफ्रिका, मध्य एसिया, दक्षिण एसिया, दक्षिण पूर्वि एसिया, दक्षिण अमेरिका, अष्ट्रेलिया, रुस र पूर्वी यूरोपका देशहरुमा बिक्री वितरण भइरहेको छ  ।  

     यस कम्पनीले आफ्ना कार्यहरु ग्राहक र बजारको मागमा केन्द्रित रहि नौलो र दिगो प्रविधी को  विकास गर्दै आएको छ । पेसेञ्जर गाडीको विक्रीमा पनि टाटा अगाडि नै रहेको छ । यसका ९० लाख गाडीहरु भारतीय सडकमा गुडिरहेका छन् । कम्पनीले दिगो र उपयुक्तखालको अटोमोवाइलप्रविधिको आविष्कारमा ध्यानदिदै आएको छ । 

    यसको अनुसन्धान र विकास केन्द्रहरु भारत, वेलायत, इटाली र दक्षिण कोरियामा रहेका छन् । अर्को जमानाका ग्राहकलाई ध्यानमा राखेर टाटा मोटर्स नयाँ खालका उत्पादन ल्याउन कटिवद्ध भएर लागको छ । टाटाका कार, बस र ट्रकहरु, युरोप, अफ्रिका, मध्य एसिया, दक्षिण एसिया, दक्षिण पूर्वि एसिया, दक्षिण अमेरिका, अष्ट्रेलिया, रुस र पूर्वी यूरोपका देशहरुमा बिक्री वितरण भइरहेको छ  ।  

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast