शनिबार, मंसिर २८, २०७६
    कला-सौन्दर्य

    बलिउड अभिनेत्री दीया मिर्जाकाे डिभाेर्स

    शुक्रबार, १७ श्रावन २०७६, आहाखबर

    नयाँ दिल्ली, १७ साउन ।

    बलिउड नायिका दीया मिर्जाकाे डिभाेर्स भएकाे छ । दीया मिर्जा तथा उनका पति साहिलले आफ्नो सामाजिक सञ्जाल एकाउन्टमार्फत वैवाहिक जीवन टुंगिएको घोषणा गरेका हुन् ।

    अभिनेत्री दीया मिर्जा तथा उनका श्रीमान् साहिल सांघाले आफ्नो वैवाहिक जीवन समाप्त गर्ने निर्णय गरेकाे खबर अधिकांशका लागि आश्चर्यजनक रह्यो, किनभने विवाह गरेको यत्तिका वर्षहरुका कहिले पनि यो जोडीको सम्बन्ध बिग्रिएको खबर एक पटक पनि सार्वजनिक भएको थिएन ।

    उनीहरुले लेखेका छन्- ‘११ वर्षसम्म जिन्दगी शेयर गरेपछि हामीले सहमतिमै अलग हुने निर्णय गरेका छौं । हामी भविष्यसम्म पनि असल साथी रहिरहने छौं र अहिले पनि एक-अर्कालाई पुरा सम्मान तथा प्रेम दिनेछौं । हाम्रो जिन्दगीले अलग-अलग बाटो तय गरेपनि हामी एक-अर्काबीच जुन वन्धन तथा सम्बन्ध छ, त्यसका हामी सधैं आभारी रहने छौं ।’

    दीया र साहिलले आफ्ना परिवारजन तथा साथीहरुलाई समेत यो अवस्थामा साथ दिएकोमा धन्यवाद भनेका छन् ।

    दीया र साहिलका बीच सन् २०१४ मा अवधी रीतिरिवाज अनुसार विवाह गएको थियो । विवाह गर्नुअघि पनि उनीहरु लामो समयदेखि एक-अर्कालाई नजिकबाट चिन्दथे ।

    दीयासंग विवाह गरेपछि साहिलले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै भनेका थिए-‘हाम्रा साथीहरु तथा परिवारका सदस्यहरुले यो दिनलाई स्मरणीय बनाउन बनाउनका लागि निकै नै मेहनत गरेका छन्, हामी दुबै सबैप्रति आभारी छौं ।’ दीया मिर्जा र साहिलको बोर्न प्रफी इन्टरटेन्मेन्ट नामक प्रोडक्सन हाउस पनि छ।

    बलिउड अभिनेत्री दीया मिर्जाले फिल्म ‘रहना है तेरे दिल में’ मार्फत अभिनय यात्रा प्रँरम्भ गरेकी थिइन् । त्यसपछि उनले तुमको ना भूल पाएंगे, तुमसा नहीं देखा, दस, लगे रहो मुन्ना भाइ तथा संजू जस्ता उत्कृष्ट फिल्महरुलाई अभिनय गरेकी छिन् । केही दिनअघि मात्र उनी ‘काफिर’ शीर्षकको वेब सीरिजमा पनि देखिएकी थिइन् ।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast