आईतवार, मंसिर २२, २०७६
    लाइफस्टाइल

    वास्तुशास्त्रअनुसार कुन दिशातर्फ फर्केर पढ्दा राम्रो ?

    बिहिवार, १६ श्रावन २०७६, आहाखबर

    काठमाडौँ, १६ साउन 

    कुनै पनि भवन निर्माण गर्दा वास्तुशास्त्रका सिद्धान्तहरूको पालना गर्नु जरूरी हुन्छ । आजकलका भवनहरू सबै सुखसुविधाले भरिपूर्ण हुन्छन् तर वास्तु नमिलाई बनाइएकाले तिनमा बस्ने मान्छेलाई जतिखेर पनि तनाव भइरहेको हुन्छ । 

    त्यसैगरी विद्यालय भवन वा घरको अध्ययनकक्षको वास्तु मिलेको छैन भने पढाईमा खासै प्रगति हुन पाउँदैन । विद्यार्थीहरूले अध्ययनका प्रति रुचि देखाउँदैनन् ।

    वास्तुशास्त्रका अनुसार पूर्व, उत्तर र ईशान दिशालाई ज्ञानवर्धक दिशा मानिएको छ । त्यसैले पढ्दाखेरी यी दिशातर्फ फर्केर पढ्नु लाभदायी हुन्छ ।

    परिस्थितिवश हाम्रो अध्ययनकक्ष पश्चिम दिशामा छ भने पनि हामी माथि उल्लेख गरिएका दिशातर्फ फर्केर पढौं । विज्ञानका अनुसार इन्फ्रारेड किरणहरू हामीलाई उत्तरपूर्वी कोण अर्थात् ईशान कोणबाटै प्राप्त हुन्छन् । यी किरण मानव शरीर र वातावरणका लागि अत्यन्त लाभदायी हुन्छन् ।

    यिनले शरीरका कोषिकाहरूलाई शक्ति प्रदान गर्छन् र एकाग्रता ल्याउन मद्दत गर्छन् । एकाग्रताले नै विद्यार्थीलाई अध्ययनमा सफल बनाउने काम गर्छ । त्यसैले पूर्व, उत्तर र ईशान दिशातर्फ फर्केर अध्ययन गर्नु उपयुक्त हुन्छ ।

    विद्यार्थीहरूले कोठाको ढोकातर्फ ढाड देखाएर कहिल्यै पनि पढ्नु हुँदैन । 

    कोठाको बीममुनि बसेर कहिल्यै पढ्नु हुँदैन किनकि यसबाट मानसिक तनाव हुन्छ । 

    विद्यार्थीले जहिलेपनि दक्षिण वा पश्चिमतर्फ शिर राखेर सुत्नुपर्छ । दक्षिणतर्फ सुत्दा स्वास्थ्य राम्रो हुन्छ भने पश्चिमतर्फ सुत्दा पढ्न खुब मन लाग्छ । 

    किताबका र्याकहरू दक्षिण र पश्चिम दिशामा राख्नुस् । अनि स्टडी रूममा खुल्ला र्याकहरू नराख्नुस् । खुल्ला राख्दा नकारात्मक ऊर्जा निस्कन्छ र स्वास्थ्य खराब हुन्छ । किताबहरू दराजमा ढोका बन्द गरेर राखेको राम्रो हुन्छ । (लोकान्तर)

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast