आईतवार, भाद्र १, २०७६
    विज्ञान/प्रविधि

    प्लुटोलाई पुन: ग्रहको मान्यता

    बिहिवार, १६ श्रावन २०७६, आहाखबर

    काठमाडौँ, १६ साउन 

    सन् २००६ सालमा ग्रह नमान्ने घोषणा गरिएको प्लुटोले  फेरि ग्रहकै मान्यता र दर्जा पाएको छ । 

    ब्रह्माण्डका वस्तुको वर्गीकरणको जिम्मेवार संस्था इन्टरनेसनल एष्ट्रोनोमिकल युनियन (आएयु)ले भर्खरै प्लुटोलाई एक मुख्य ग्रहको रुपमा वर्गीकृत भएको घोषणा गरेको हो ।  

    हाम्रो सौर्यमण्डलको नवौं ग्रहको रुपमा लामो समयदेखि स्थापित र मानिँदै आएको यो ग्रहले मर्करी, भेनस, पृथ्वी, मंगल, जुपीटर, स्याटर्न, युरानास, नेप्ट्युन र प्लानेट–एक्सले सोही स्तरको पुनःमान्यता पाएको हो । 

    धेरैलाई थाहा छ, सबैको मनपर्ने यस ग्रहलाई सन् २००६ मा  सौर्यमण्डलका नवौं ग्रहबाट प्लुटोलाई हटाएर यसलार्य क्षुद्र ग्रहको दर्जा प्रदान गरिएको थियो । सोही निर्णयका कारण आएयु बदनाम र सर्वआलोचित हुँदै आएको  थियो ।

    सन् २००६ मा प्लुटोलाई सौर्यमण्डलको पूर्ण सदस्य ग्रह नमान्ने, त्यलाई क्षुद्र ग्रह मान्ने घोषणा भएलगतै जनतामा ठूलो आक्रोश पैदा भएको थियो । त्यतिबेलादेखि नै प्लुटोलाई पुनः ग्रहको मान्यता दिन अभियान थालिएक थिए तर यसले सफलता भेट्टाउन सकेको थिएन तर, आएयुले आफ्नो पुरानो निर्णयलाई गलत मान्दै त्यसलाई सच्चाएको छ । त्यसअनुसार, आएयुले प्रेस विज्ञप्ति जारी गरी वरफै बरफले भरिएको चिसो ग्रह प्लुटोलाई फेरि ग्रहको मान्यता दिएको छ । 

    स्मरण रहोस्, प्लुटोलाई क्षुद्र ग्रह घोषणा गरिएपछि सौर्यमण्डलमा आठ वटा ग्रहहरु रहको थिए । तर पुनः प्लुटोले ग्रहको रुपमा मान्यता पाएपछि सौर्यमण्डलमा ग्रहको संख्या नौं वटा पुगेको छ । 

    त्यसो त प्लानेट एक्स नामाकरण गरिएको थप अर्को ग्रह पनि हाम्रो सौर्यमण्डलमा रहेको मानिँदै आइएको छ  ।


     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast