आईतवार, भाद्र ८, २०७६
    ब्राण्ड/संगठन

    सिभिल बैंकले मेलम्ची नगरपालिकाका कृषकलाई सहुलियतपुर्ण कर्जा प्रदान गर्ने

    बिहिवार, १६ श्रावन २०७६, आहाखबर

    काठमाडौं, १६ श्रावण । 

    सिभिल बैंक लिमिटेड, आइडिया स्टुडियो नेपाल र मेलम्ची नगरपालिकाबीच आइडिया स्टुडियो नेपालको सहकार्यमा मेलम्ची नगरपालिका भित्र रहेका घरेलु कृषिक्षेत्रलाई आधुनिकीकरण गरी उत्पादित बस्तुको बजार प्रबद्र्घन गर्दै व्यबसायिक कृषी कर्जा लगानी गर्ने बिषयमा त्रिपक्षिय सम्झौता भएको छ । 

    सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ, आइडिया स्टुडियो नेपालका अध्यक्ष डा. छिरिङ्ग लामा र मेलम्ची नगरपालिकाका मेयर डम्बर बहादुर अर्यालले हस्ताक्षर गर्नुभएको हो ।

    उक्त अवसरमा बोल्दै सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृतले यस सम्झौतालाई नमुना योजनाको रुपमा लिइ यसलाई आगामी दिनमा देशका अन्य ग्रामिण क्षेत्रमा बिस्तार गर्दै लैजाने योजना रहेको बताउनुभयो । 

    सम्झौता अनुसार आइडिया स्टुडियो नेपालले मेलम्ची नगरपालिकासँग सहकार्य गरी त्यहाँका स्थानीय कृषकहरुलाई प्राविधिक तालिम प्रदान गर्ने छ भने उक्त तालिम प्राप्त कृषकहरुलाई मेलम्ची नगरपालिकाको सिफरिशमा सिभिल बैंक लिमिटेडले सहुलियतपुर्ण कृषिकर्जा प्रदान गर्ने छ । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast