मंगलवार, कार्तिक ५, २०७६
    मुभी-थिएटर

    १३ वर्षपछि चलचित्र ‘निकम्मा’बाट कमब्याक गर्दै शिल्पा

    बिहिवार, १६ श्रावन २०७६, आहाखबर
    काठमाडौं १६ साउन 
     
    चलचित्र ‘निकम्मा’ सब्बिर खानको निर्देशनमा बन्दैछ । यो चलचित्रलाई एक्सन र प्रेमको कथा भनिएको छ । 
     
    यो चलचित्रमा नयाँ जोडीहरु अभिमन्यू देसानी र सिर्ले सेतियाले काम गर्दैछन् । केही दिन अगाडि मात्र यो चलचित्र र मुख्य कलाकारको घोषणा भएको थियो ।
    तर, अब यो चलचित्रमा बलिउडकी सुन्दरी नायिका शिल्पा सेट्टीले पनि काम गर्ने भएकी छिन् । 
     
    शिल्पा १३ बर्षपछि आफूलाई पर्दामा कमब्याक गराउने तयारीमा छिन् । यो चलचित्रमा शिल्पाले अहिलेसम्म नगरेको भूमिका पाएकाले गर्न लागेको बताइएको छ । 
     
    शिल्पाले यस्तो खालको भूमिकाका लागि चुनौती मोल्न आफू तयार रहेको बताउँदै काम गर्न लागेको खुलाएकी छिन् । शिल्पाले भारतीय मिडियासँग भनिन्–‘म मेरा दर्शकका लागि नयाँ खालको भूमिका पस्कन आतुर छु । यो मेरा लागि आफैमा चुनौतीपूर्ण नै छ ।’ 
     
    निर्देशकले शिल्पा हरेक महिलाका लागि विशेष कलाकार भएको भन्दै उनको भूमिका दर्शकलाई मनपर्ने विश्वास व्यक्त गरे ।
     
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast