शुक्रबार, मंसिर २०, २०७६
    यातायात

    नेपाल भारत जोड्ने रक्सौल-काठमाडौं रेलमार्गको ४ वटा बाटो

    बिहिवार, १६ श्रावन २०७६, आहाखबर

    काठमाडौं, १६ साउन । 

    नेपाल भारत जोड्ने रक्सौल- काठमाडौं रेलमार्गका लागि ४ वटा एलाईन्टमेन्ट सहितको सम्भाव्यता अध्ययन प्रतिवेदन भारतीय कम्पनीले नेपाललाई दिएको छ । काठमाडौं तराई/मधेश द्रुतमार्गको लम्वाई करिव ७४ किमी छ । 

    भारतीय कोंकर्ण रेल्वे कर्पोरेशनले १ सय ४० देखि २ सय किमीसम्मको एलाईन्टमेन्ट  सहितको प्रतिवेदन दिएको हो। 

    निजगढबाट पथलैया १८ किमी पर्छ । त्यहाँबाट घण्टाघर २५ किमीमा पर्छ । घण्टारघरदेखि ३० किमीमा रक्सौल पर्न आउँछ । मोटामोटी १ सय ४७ किमी हुन आउँछ । त्यसकारण रेलमार्गको दुरी १ सय ४० आसपास हुने दाबी छ ।

    यो एलाईन्टमेन्ट नै अन्तिम भने भैसकेको छैन । परामर्शदाता कम्पनीका प्रतिनिधीहरु आएर नेपालमा यो रेलमार्गका बारेमा प्रस्तुतीकरण गर्नेछन् । दुई देशका प्रतिनिधीबिच छलफल भएपछि एलाईन्टमेन्ट फिक्स हुनेछ । 


    भारतमा रक्शौल सुरुवाती प्वाईन्ट हुनेछ । विरगंजको ड्राईपोर्ट हुँदै जितपुर भएर निजगढमा निर्माणाधीन अन्तराष्ट्रिय विमानस्थल छेउछाउ भएर द्रुतमार्गसँगै चोभारमा आईपुग्ने छ । राष्ट्रिय गौरवको पूर्व पश्चिम तथा उत्तर दक्षिण विद्युतीय रेलमार्गको भेट हुने भएकाले निजगढमा रेलको जङ्क्सन हुने विभागको भनाई छ ।

    चोभारमा निर्माणाधीन ड्राईपोर्टमा नेपालका लागि जिरोकिलो हुनेछ भने फाष्ट ट्रयाकमा सिधा केहि स्थानमा सँगसँगै आउनेछ भने पहाडमा सुरुङमार्ग हुनेछ । 

    प्रतिवेदन अनुसार चोभारबाट रेल चढेर ४ घण्टामा रक्सौल पुग्न सकिन्छ । रेलमार्ग ४० देखि ५० किमीको स्पीडमा हुनेछ । यो हाईस्पीड रेलमार्ग नभएको विभागले जनाएको छ। डिपिआर सहित पाँच बर्षमा रेलमार्ग संचालन नै गर्न सकिने उल्लेख गरिएको छ । ४ देखि ५ खर्बँ रुपैया लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।

    नेपाल र भारतका बिचमा यो रेलमार्ग ब्रोड गेजमा बनाउने सहमती भएको छ । सोही आधारमा भारतीय कम्पनीले सम्भाव्यता अध्ययन गरेको हो। रेल विभागका महानिर्देशक मिश्रले भने एडभान्स गेजमा बनाउने गरि प्रस्ताव गर्न लागिएको जानकारी दिए । 

    चिनियाँ रेल समेत स्ट्याण्डर्ड गेजमा निर्माण गर्न लागिएकाले एउटै गेज हुने गरि प्रस्ताव गर्न लागिएको हो। रक्सौल काठमाडौ रेलमार्ग स्ट्याण्डर्ड गेजमा बनाउदा डेढ घण्टा यात्रा अवधी हुनेछ । एडभान्स गेज बोर्ड गेजभन्दा तिव्र गतिको मानिन्छ । बोर्ड गेज भारतमा धेरै छ। विस्तारै यो गेजको रेल विस्थापित हुने क्रममा रहेको छ ।

    मिश्रका अनुसार यो रेलमार्ग बनाउन सके काठमाडौ तराई मधेश फाष्ट ट्रयाकको आवश्यकता पर्दैन । रेलमार्ग संचालनमा आए एक सय ट्रकले वोक्न सक्ने सामान र १५ सय प्यासेन्जर वोक्न सक्छ । सडकको भन्दा गति पनि बढी हुन्छ । 

    मिश्रका अनुसार फाष्ट ट्रयाकको भन्दा यो रेलमार्गको चर्चा पहिले नै  थियो । द्रुतमार्गको हल्ला चलेपछि यो परियोजना ओझेलमा परेको हो। अहिले पुन चर्चामा आएको छ । सरकारले क्रस बोर्डर रेलवेलाई प्राथमिकतामा राखेको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीवीच रक्सौल काठमाडौं विद्युतीय रेलमार्ग बारे मोडालिटी टुङगो लगाउने सहमती भएको थियो । द्विपक्षीय सम्झौतामा लगानी र निर्माणको मोडालिटी भने विस्तृत इन्जिनियरिङ रिपोर्ट (डिइआर) निर्माण गरेपछि हुनेछ । 

    विभागका महानिर्देशक मिश्रका अनुसार डिपिआर भारतीय कम्पनीले नबनाए पनि विभाग नै सक्षम भैसकेको छ । नेपाल र भारतका अधिकारीहरुका वीचमा द्धिपक्षीय छलफल भएर डिपिआर बनाउने विषयमा टुङगो लाग्नेछ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast