आईतवार, भाद्र २९, २०७६
    बिदेश

    बाढीबाट उत्तरपूर्वी चीनका साढे ७ लाख प्रभावित

    बुधबार, १५ श्रावन २०७६, आहाखबर

    हार्बिन, १५ साउन

    चीनको उत्तरपूर्वी क्षेत्रमा आएको बाढीका कारण साढे सात लाखभन्दा बढी स्थानीय बासिन्दा प्रभावित भएका छन् । 

    स्थानीय सरकारी अधिकारीहरूका अनुसार कूल सात लाख ५७ हजार नौ सय जना बाढीबाट प्रभावित भएका हुन् । 

    देशको हेइलोङजिआङ प्रान्तमा रहेका झण्डै ११ हजार चार सय घर परिवार विस्थापित भएको उनीहरूले बताएका छन् ।

    बाढीले पाँच लाख ६३ हजार हेक्टर क्षेत्रफलमा रहेको कृषि उपज नष्ट गरेको छ भने ७९ हजार १३० हेक्टर क्षेत्रफल पुरिएको छ ।  

    अधिकारीहरूका अनुसार झण्डै दुई हजार ५४७ घरमा क्षति पुगेको छ । बाढीले समग्रमा लाखौँ नोक्सान भएको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast