शनिबार, मंसिर २८, २०७६
    कृषि-उर्जा

    अलैँची निर्यातबाट ४ अर्ब बराबरको विदेशी मुद्रा आर्जन

    बुधबार, १५ श्रावन २०७६, आहाखबर

    भद्रपुर, १५ साउन

    नेपाल अलैँची व्यवसायी महासङ्घले अलैँची निर्यातबाट मुलुकले एक वर्षमा रु चार अर्ब बराबरको विदेशी मुद्रा आर्जन गरेको जनाएको छ ।

    आर्थिक वर्ष २०७५÷७६ मा चार हजार ७०० मेट्रिक टन अलैँची नेपालबाट निर्यात भएको र त्यसबाट रु चार अर्ब बराबरको विदेशी मुद्रा आएको महासङ्घका अध्यक्ष राजु कार्कीले आज पत्रकार सम्मेलन गरी जानकारी दिनुभएको छ ।

    अधिकांश अलैँची नेपालको पूर्वी पहाडमा उत्पादन हुन्छ र काँकडभिट्टा, विराटनगरलगायत देशभरका नाकाबाट भारत तथा तेस्रोमुलु्क निर्यात हुने गरेको छ । प्रति मन (४० केजी)को हाल बजार मूल्य रु २८ हजार रहेको महासङ्घका महासचिव सुभाष भट्टराई बताउनुहुन्छ । केही वर्षयता अलैँचीको भाउमा लगातार गिरावट आइरहेको छ ।

    ९५ प्रतिशतभन्दा बढी नेपाली अलैँची भारत निर्यात हुने गरेको र भारतले अन्य कृषि वस्तुमा ‘जीएसटी’ छुट गरे तापनि नेपाली अलँैचीमा कर असुल्ने कार्य गरिरहेको महासचिव भट्टराई बताउनुहुन्छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast